यस कारण दिउँसो झुक्किएर पनि नसुत्नुस् | Khabarhub Khabarhub

यस कारण दिउँसो झुक्किएर पनि नसुत्नुस्


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामान्यतया ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम भन्ने सिद्धान्त हुन्छ । शास्त्र र आयुर्वेदले पनि यो कुरालाई राम्रो जीवनशैली मानेको छ । तर, यो पनि समय अनुसार निर्धारण गर्नुपर्ने हुन्छ । किनकि दिउँसोको समयमा काम गर्नु र रातिको समयमा सुत्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

तर, रातिको समयमा काम गर्नुपर्नेहरु बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । यसबाहेक कोही– कोही को त दिउँसो सुत्ने बानी नै परेको हुन्छ ।

तर शास्त्र अनुसार दिउँसो सुत्नु राम्रो मानिँदैन । यो कुरा आयुर्वेदमा पनि उल्लेख गरिएको छ । आयुर्वेदका अनुसार, दिउँसो सुत्दा पाचन प्रणालीमा गडबडी हुन्छ र खाना समेत राम्रो सँग पच्दैन । जसका कारण कब्जियत, ग्यास, अपच लगायत समस्या देखा पर्छन् ।

यति मात्र होइन दिउँसो सुत्दा ज्वरो आउने, गलासम्बन्धी समस्या देखिने, स्मरण शक्ति कमजोर हुने, अंग फुल्ने, आलस्य बढ्ने लगायत समस्या देखिने समेत आयुर्वेदमा उल्लेख छ ।

यसका साथ साथै धार्मिक मान्यताले पनि दिउँसो सुत्न निषेध गरेको छ । दिउँसो सुत्ने मानिसको घरमा लक्ष्मीको बास नहुने मान्यता रही आएको छ ।

तर केही वृद्ध/वृद्धा, बालबच्चा, बिरामी मानिसका लागि भने आराम बढी चाहिने हुँदा दिउँसो सुत्नु आवश्यक छ । –एजेन्सीबाट

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  १ : १५ बजे

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन

महिला प्रतिनिधित्व स्थापित गर्न मङ्गलादेवीको योगदान अतुलनीय : मन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राज्य सञ्चालनका विभिन्न