यस कारण दिउँसो झुक्किएर पनि नसुत्नुस् « Khabarhub

यस कारण दिउँसो झुक्किएर पनि नसुत्नुस्


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामान्यतया ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम भन्ने सिद्धान्त हुन्छ । शास्त्र र आयुर्वेदले पनि यो कुरालाई राम्रो जीवनशैली मानेको छ । तर, यो पनि समय अनुसार निर्धारण गर्नुपर्ने हुन्छ । किनकि दिउँसोको समयमा काम गर्नु र रातिको समयमा सुत्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

तर, रातिको समयमा काम गर्नुपर्नेहरु बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । यसबाहेक कोही– कोही को त दिउँसो सुत्ने बानी नै परेको हुन्छ ।

तर शास्त्र अनुसार दिउँसो सुत्नु राम्रो मानिँदैन । यो कुरा आयुर्वेदमा पनि उल्लेख गरिएको छ । आयुर्वेदका अनुसार, दिउँसो सुत्दा पाचन प्रणालीमा गडबडी हुन्छ र खाना समेत राम्रो सँग पच्दैन । जसका कारण कब्जियत, ग्यास, अपच लगायत समस्या देखा पर्छन् ।

यति मात्र होइन दिउँसो सुत्दा ज्वरो आउने, गलासम्बन्धी समस्या देखिने, स्मरण शक्ति कमजोर हुने, अंग फुल्ने, आलस्य बढ्ने लगायत समस्या देखिने समेत आयुर्वेदमा उल्लेख छ ।

यसका साथ साथै धार्मिक मान्यताले पनि दिउँसो सुत्न निषेध गरेको छ । दिउँसो सुत्ने मानिसको घरमा लक्ष्मीको बास नहुने मान्यता रही आएको छ ।

तर केही वृद्ध/वृद्धा, बालबच्चा, बिरामी मानिसका लागि भने आराम बढी चाहिने हुँदा दिउँसो सुत्नु आवश्यक छ । –एजेन्सीबाट

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  १ : १५ बजे

समाजवादी व्यवस्थाले वर्तमान समस्या समाधान गर्न सक्छः बिजुक्छें

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले समाजवादी

झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता देखायो : ओली

बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने

मुलुकका सबै समस्या समाधान गर्न नेकपा सक्षम छ : झलनाथ खनाल

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ