काभ्रेमा पनौतीबाहेक सबै स्थानीय तहले ल्याए बजेट तथा कार्यक्रम | Khabarhub Khabarhub

काभ्रेमा पनौतीबाहेक सबै स्थानीय तहले ल्याए बजेट तथा कार्यक्रम


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– यहाँका १३ स्थानीय तहमध्ये १२ ले तोकिएको समयभित्र नै आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । पनौती नगरपालिकाले भने स्थानीय तह सञ्चालन ऐनमा भएको व्यवस्थाअनुसार तोकिएको समय असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेन । 

पनौतीमा समानीकरण सङ्ख्या नपुग्दाका कारण असार ९ गते नै सुरु भएको नगरसभा स्थगन गरिएको छ । सोमबार निर्धारित समयभन्दा करिब पाँच घण्टा ढिला सुरु गरिएको बजेट अधिवेशन राष्ट्रिय गानलगत्तै नगरप्रमुख रामशरण भण्डारीबाट स्थगित गरिएको हो । नगर उपप्रमुख गीता बञ्जारा, वडा नं ७ का वडाध्यक्ष तथा नगरसभा सदस्य अनुपस्थित भएपछि बैठक स्थगित गरेको घोषणा गरिएको थियो । कार्यपालिकामार्फत विधि र प्रक्रिया सबै पूरा गरिए पनि अन्तिम समयमा अनुपस्थित भएकाले बैठक स्थगित गर्न बाध्य भएको बताइन्। 

बञ्जाराले कार्यपालिकामा भएको सहमतिभन्दा विपरित करिब रु पाँच करोड बजेट थप भएर आएकाले बैठकमा सहभागी नभएको बताइन्। जम्मा ६२ सदस्यीय नगरसभामा नगर प्रमुख, वडा नं ४ का वडाध्यक्षसहित २१ जना नेपाली कांग्रेस, नेकपा ९एकीकृत समाजवादी०बाट एक वडाध्यक्ष छन् । उपप्रमुखसहित ४० जना एमालेबाट निर्वाचित छन् ।

धुलिखेल नगरपालिकाले असार ५ गते नै रु अर्ब १८ करोड ४८ लाख ५० हजार, असार ६ गते बनेपा नगरपालिकाले एक अर्ब २४ करोड ६५ लाख १३ हजार २८६, असार ९ गते नमोबुद्ध नगरपालिकाले ८० करोड ७३ लाख २३ हजार १६० तथा महाभारत गाउँपालिकाले रु ६० करोड १३ लाख एक हजारको बजेट गाउँसभामा प्रस्तुत गर्‍यो । 

मङ्गलबार एकै दिन जिल्लाका दुई नगरपालिका र छ गाउँपालिका गरी आठ स्थानीय तहले नीति तथा कार्यक्रमसहित बजेट ल्याएका हुन् । पाँचखाल नगरपालिकाले रु ८२ करोड ५१ लाख ८४ हजार ८०२ र मण्डनदेउपुर नगरपालिकाले रु एक अर्ब १० करोड ७५ लाख ४५ हजार ५५९ को बजेट प्रस्तुत गरे । 

यस्तै रोशी गाउँपालिकाले रु ७२ करोड चार लाख ३७ हजार, बेथानचोकले रु ६४ करोड ७३ लाख पाँच हजार २४३, भुम्लुले रु ६२ करोड ९१ लाख ३९ हजार र चौरीदेउरालीले रु ६९ करोड पाँच लाख पाँच हजारको बजेट आगामी आर्थिक वर्षको लागि प्रस्ताव गरेका हुन् । 

यसैगरी तेमाल गाउँपालिकाले रु ५३ करोड १२ लाख ६४ हजार ६४० र खानीखोलाले रु ५२ करोड २३ लाख ३२ हजार ३५३ को बजेट प्रस्ताव गरेका छन् । आन्तरिक आय कमजोर भएका जिल्लाका स्थानीय तहले भने सङ्घीय समपूरक र विशेष अनुदानकै आधारमा बजेट निर्माण गरेको जनाएका छन् ।

केही तहले भने नयाँ कार्यक्रम समावेश गरेको पाइएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गर्ने र मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी, मेरुदण्ड पक्षघातका बिरामीका लागि औषधी उपचार खर्चबापत मासिक रु पाँच हजारका दरले प्रदान गर्ने, बनेपाले सहकारी सुधारदेखि रात्रिकालीन व्यवसाय सञ्चालन, खानीखोलाले गर्भवतीलाई ‘झण्डा र अण्डा’, रोशीमा एकल पुरुषलाई मासिक भत्ता दिन प्रस्ताव गरिएको छ । 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ४ : २० बजे

बैंकिङ प्रणालीमा लगानीयोग्य पैसा थुप्रियो, राष्ट्र बैंकले ४५ खर्ब खिच्दै 

काठमाडौं– बैंकिङ प्रणालीमा लगानीयोग्य पैसा थुप्रिएको छ । बैंकबाट कर्जा

माओवादीप्रति जनविश्वास बढ्दा प्रतिक्रियावादी आतंकित छन् : अध्यक्ष प्रचण्ड

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रि–ओपन सेसनमा १५ अंकले बढ्यो नेप्से 

काठमाडौं– प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.२८ अंकले बढेको छ

सिक्लेस हाइड्रोपावरको ‘लक इन’ अवधि असोज १० गते सकिने

काठमाडौं– सिक्लेस हाइड्रोपावर लिमिटेडको ‘लक इन’ अवधि असोज १० गते

बन्दीपुर केवलकारको आइपीओ सर्वसाधारणका लागि खुल्यो

काठमाडौं – बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको सर्वसाधारणका लागि साधारण