डडेल्धुराका सात वटै स्थानीय तहको बजेट सार्वजनिक « Khabarhub

डडेल्धुराका सात वटै स्थानीय तहको बजेट सार्वजनिक


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

अमरगढी– डडेल्धुराका सात वटै स्थानीय तहले मंगलबार आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन् ।

यहाँका पालिकाले विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेका हुन् । सबैभन्दा बढी बजेट परशुराम नगरपालिकाले प्रस्तुत गर्दै ८० करोड ४९ लाख ४१ हजार रुपैयाँ विनियोजन गरेको छ । 

नगर उपप्रमुख विमलाकुमारी बोहराले १७ औँ नगरसभामा बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार क्षेत्र प्राथमिकतामा परेको जानकारी दिइन् ।

अमरगढी नगरपालिकाले ५८ करोड २५ लाख ८८ हजार रुपैयाँ, आलिताल गाउँपालिकाले ५३ करोड २७ लाख २० हजार रुपैयाँ, अजयमेरु गाउँपालिकाले ५३ करोड दुई लाख ३८ हजार रुपैयाँ, गन्यापधुरा गाउँपालिकाले ४४ करोड ७४ लाख ५० हजार रुपैयाँ, भागेश्वर गाउँपालिकाले ५२ करोड ५७ लाख रुपैयाँ र नवदुर्गा गाउँपालिकाले ४६ करोड ७६ लाख १९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् ।

पालिकाहरूले सङ्घीय, प्रदेश र आन्तरिक स्रोतबाट जुट्ने आम्दानीको अनुमानका आधारमा खर्च विनियोजन गरेका छन् । अधिकांश पालिकाले आधारभूत सेवा, पूर्वाधार सुदृढीकरण, सामाजिक न्याय र समावेशी विकासमा जोड दिने जनाएका छन् । 

गाउँ तथा नगरसभा अधिवेशनमार्फत प्रस्तुत बजेटमध्ये केही सर्वसम्मत रूपमा पारित भइसकेका छन् भने केही पालिकामा छलफल जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ४ : ५५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर