कोशी प्रदेशसभा : विनियोजन विधेयकमाथिको छलफल सकियो | Khabarhub Khabarhub

कोशी प्रदेशसभा : विनियोजन विधेयकमाथिको छलफल सकियो


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकमाथिको छलफल सकिएको छ । यही असार ७ गते सभामा टेबुल भएको विनियोजन विधेयकको छलफलमा ३८ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए । 

प्रदेशसभा सदस्यहरूको प्रश्नका सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेटमा पुँजीगत खर्चभन्दा चालु खर्च बढी देखिनुको कारण सङ्घबाट प्राप्त हुने रकम पनि चालु खर्चमै राख्नुपर्ने बाध्यताका कारणले भएको बताए । कोशी प्रदेशमा लोकसेवा आयोगबाट कर्मचारीहरू पदपूर्ति हुनु र महङ्गीभत्ताका कारणले चालु खर्च बढेको उनको भनाइ थियो । 

उनले योजना बैंकमा ५० हजारभन्दा बढी योजनाहरू समावेश हुनु सरकारको पहिलो अभ्यास भएको उल्लेख गर्दै सभा सदस्यहरूले छानेका योजना र सरकारले आवश्यकता महसुस गरेका योजनामा मात्र बजेट विनियोजन भएको दाबी गरे । 

उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले कृषिका लागि आवश्यक रासायनिक मलका लागि प्रदेश सरकारले समन्वय मात्र गर्न सक्ने भन्दै उत्पादन बढाउन जैविक मलमा पनि कृषक आकर्षित हुनुपर्नेमा जोड दिए । उनले विकासे बजेटले रोजगार सिर्जना गर्न नसक्ने भएकाले उत्पादन क्षेत्रमा बजेट विनियोजन गरेको स्पष्ट पारे ।

खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले आफ्नो मन्त्रालयअन्तर्गत दुई हजार ८२८ योजना सञ्चालनमा रहेको जानकारी दिँदै १४ वटा स्थानीय तहमा वास प्लान्टका लागि बजेट विनियोजन गरेको बताए । उनले ३७ वटा बहुवर्षीय योजना समावेश भएको भन्दै प्रदेश सरकारले थोरै समयमा १२ हजार ८०० हेक्टर जग्गामा सिँचाइको प्रबन्ध मिलाएको उल्लेख गरे । 

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले विपद् व्यवस्थापन, कानुन निर्माण, यातायात व्यवस्थापन र भूमि व्यवस्थापन जस्ता काममा मन्त्रालयका लागि कुल ९६ करोड रुपैयाँ मात्र बजेट विनियोजन भएको बताए । सीमित बजेटबाट प्रदेश अत्यधिक लाभ लिने र जनतामा सुशासन, शान्ति र सेवा प्रवाह जस्ता कार्यमा बजेटको समुचित उपयोग हुने उनको भनाइ थियो ।

मन्त्री भण्डारीले जनताको चाहनाअनुसार प्रहरी चौकी भवन निर्माण गर्ने, अधुरा रहेका प्रहरी चौकीलाई पूर्णता दिने भन्दै सरकार लागु औषध नियन्त्रण, सवारी दुर्घटनालाई न्यूनीकरण जस्ता क्षेत्रमा योजनाबद्ध काम गर्ने जानकारी दिए ।

पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले आफूले जनताको चाहना अनुसारकै योजनामा बजेट विनियोजन गरेको स्पष्ट पार्दै सरकार पर्यटन प्रवर्द्धन, पदमार्गका लागि पनि बजेटको व्यवस्था गरेको बताए। 

भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले प्रदेश मातहतमा रहेका जिल्ला सरकारी अस्पताललाई व्यवस्थित गरिने बताए । उनले अ।अस्पतालमा जनशक्ति भएको ठाउँमा उपकरण नहुने र उपकरण भएको ठाउँमा जनशक्ति नहुने अव्यवस्थालाई व्यवस्थित गर्ने भन्दै अस्पतालको स्त्तरोन्नतिसँगै जनशक्तिको पनि आवश्यक प्रबन्ध मिलाउने बजेटको व्यवस्था गरेको जानकारी दिए  ।

उनले बहुवर्षीय योजना सम्पत्र भएका रकम भुक्तानी गर्न समस्या नरहेको स्पष्ट पार्दै क्रमाङ्गगत र अधुरा योजना सम्पत्र भएमा तुरुन्तै भुक्तानी दिन मन्त्रालय सक्षम रहेको बताए । उनले विगतमा पूर्वाधार मन्त्रालयमा बेथिति प्रवेश गरेकाले यसलाई समाधान गरेको उल्लेख गरे । 

उनले ग्रामीण सडक सुधार आयोजनामा सङ्घ सरकारले बेहोर्ने रकम नआएकाले प्रदेश सरकारले यसको दायित्व बेहोर्न नसक्ने भन्दै कोशी प्रदेशमा सबैभन्दा पछाडि परेका खोटाङ जिल्लामा पूर्वाधार विकास गर्न बजेटको व्यवस्था भएको कुरामा जोड दिए ।

सामाजिक विकासमन्त्री पाँचकर्ण राईले ४४ वटा कार्य क्षेत्र रहेको यो मन्त्रालयमा व्यवस्था भएको बजेटबाट सक्दो जनताको माग सम्बोधन हुने बताए । उनले मुसहर समुदायका लागि सक्षम छोरी र पहाडमा आवासीय विद्यालय निर्माण गर्न पनि बजेट विनियोजन भएको बताए  ।

प्रदेशसभाको अर्को बैठक यही असार १२ गते  बिहान ११ बजे बस्नेछ । रासस
 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ४ : ५९ बजे

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो

पतञ्जलि जग्गा प्रकरण : यस्तो छ माधव नेपालविरुद्ध अदालतको आदेश

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक