दशैंमा माछा–मासुको अभाव नहुने मन्त्री खनालको दाबी  « Khabarhub

दशैंमा माछा–मासुको अभाव नहुने मन्त्री खनालको दाबी 


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुन्छी विकास मन्त्रालयले यो वर्षको दशैं तथा तिहारमा मासु र मासुजन्य पदार्थको अभाव नहुने जनाएको छ ।

मन्त्रालयले प्रमुख चार्ड पर्वलाई लक्षित गरी पशुपन्छी र पशुजन्य पदार्थको आपूर्ति योजना बनाएर लागू गरेका कारण माछामासुको अभाव नहुने दाबी गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले निरोगिताको प्रमाण पत्रबिना खसीबोका आयातमा प्रतिवन्ध लगाएपछि माछामासुको हाहाकार हुने भयो भनेर बिचौलियाले भ्रम छरेको बताए ।

मन्त्री खनाल व्यवसायीहरुले नेपाली खसी/बोका/राँगा लगायतका पशुबस्तुलाई स्थानीय स्तरमा संकलन र बिक्रि बितरणमा प्राथमिकता दिएको बताए ।

आवश्यक प्रक्रिया पुर्‍याइ निरोगिताको प्रमाणपत्र सहित छिमेकी मुलुकबाट समेत आयात सुरु गरिएकाले माछा मासुको अभाव नहुने मन्त्री खनालले बताए ।

मन्त्रालयका अनुसार हाल उपत्यका तथा मुख्य शहरहरुमा खसीबोकाको औसत माग संख्या प्रतिदिन १८४० रहेकोमा २ हजार ३० वटा नेपाली बजारबाटै आपूर्ति भइरहेको छ ।

दशैको ७ दिन र अन्य चार्डको मुख्य दिन सहितको दश दिन काठमाडौं उपत्यका लगायत मुख्य शहरहरुको औसत माग प्रतिदिन ५००० पुग्ने अनुमान मन्त्रालयले गरेको छ ।

विगत बर्षहरुको तथ्याङ्क हेर्दा मुख्य चाडबाडको दश दिनमा आवश्यक माग ५००० मध्य २५०० खसीबोका काठमाडौं उपत्यकामा मात्रै खपत हुने गरेको पशु सेवा विभागका महानिर्देशक डा बंशी शर्माले बताए ।

यस हिसाबले काठमाडौं उपत्यका लगायत मुख्य शहरहरुमा दशैंको ७ दिन र अन्य चाडको मुख्य दिनमा खसी, बोका र च्याङ्ग्राको कुल माग संख्या ५० हजार हुन्छ ।

दशै तिहार नजिकिएसँगै खसीबोकाको मूल्य आकासिएको गुनासो उपभोक्ताले गरेका छन् । एक किलो खसीको मूल्य १३–१५ सयसम्म पुगेको गुनासो उपभोत्ताहरुको छ ।

भारतबाट खसीबोका आयात नभएको र चार्डवार्डले च्याप्दै लगेपछि व्यापारीहरुले मिलोमतोमा मूल्य बृद्धि गरेका छन् । तर यसरी मूल्य बृद्धि गर्नु पर्ने जायज कारण र अवस्था नभएको पशु सेवा विभागका महानिर्देशक डा शर्मा बताउँछन् ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ७ : ५६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना