विवाहभन्दा पहिला पार्टनरसँग सोध्नुस् यी प्रश्न « Khabarhub

विवाहभन्दा पहिला पार्टनरसँग सोध्नुस् यी प्रश्न


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तपाईँ विवाह गर्नेबारे सोचिरहनु भएको छ ? यदि तपाईँले तत्काल विवाह गर्नेबारे सोच्नुभएको छ भने विवाह गर्न लागेको पार्टनरसँग खुलेर कुरा गर्नुस्, आफ्ना कुरा र उनका कुरा सुन्ने र बुझ्ने प्रयास गर्नुस् ।

यसरी खुलस्त भएर विवाह गर्दा आगामी दिनमा तपाईँको वैवाहिक अवस्था सुखद बन्न जान्छ । विवाहलाई लिएर मानिसले केही खालका सपना देखेका हुन्छन् । सबै आफ्नो विवाहलाई यादगार बनाउनका लागि खानादेखि विवाहको स्थानसम्मको पूरा योजना बनाउँछन् । 

जो व्यक्तिसँग आफ्नो पूरा जीवन जिउने अवस्था बनेको हुन्छ उसँग हरेर विषयमा खुलस्त भएर कुरा गर्न र विवाह भन्दा पहिला केही प्रश्नहरू गर्न आवश्यक हुन्छ । ताकि विवाह भन्दा पहिला एक अर्कालाई राम्रोसँग बुझ्न सहज हुन्छ ।

आर्थिक अवस्था– विवाह भन्दा पहिला कयौँ पार्टनरसँग यो सवाल सोध्न चाहन्छन् तर चाहेर पनि यो सोध्न सक्दैनन् । किनकि धेरैलाई पैसा सम्बन्धी धेरै कुरा सोध्न र बुझ्न डर लाग्छ । तर विवाह भन्दा पहिला आफ्नो पार्टनरको आर्थिक अवस्थाबारे जानकारी लिन आवश्यक छ ।

फ्यामिलि प्लानिङ– विवाह भन्दा पहिला पार्टनरसँग फ्यामेलि प्लानिङका बारेमा जरुर कुरा गर्नुहोस् । जब दुई मध्ये एक व्यक्तिलाई बच्चा चाँडो चाहिएको छ भने भने यस विषयमा विवाह भन्दा पहिला कुरा गर्नु आवश्यक हुन्छ । तपाईँलाई कहिले बच्चाको बारेमा सोच्न जरुरी हुन्छ भन्ने विषयमा प्रस्ट हुनु जरुरी हुन्छ ।

वानिव्यहोरा– विवाह भन्दा पहिला आफ्नो पार्टनरको वानी ब्यहोरा बारे जानकारी लिन जरुरी हुन्छ । प्रेम सम्बन्ध भएकाहरूले बानी ब्यहोरा बारे जानकार भएको भए पनि मागी विवाह गर्नेले आफ्नो पार्टरको बानी ब्यहोरा थाहा नपाएको हुनसक्छ । 

त्यसैले उसलाई के मन पर्छ के मन पर्दैन भन्ने कुरा थाहा पाएको खण्डमा सहज हुन जान्छ । यसरी पार्टनरको बानी व्यहोराबारे जानकारी लिँदा दाम्पत्य जीवनलाई राम्रो बनाउन सकिन्छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  १२ : ५५ बजे

असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान

काठमाडौं– नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान