बागमती प्रदेशसभाको बैठक स्थगन « Khabarhub

बागमती प्रदेशसभाको बैठक स्थगन


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मकवानपुर–  बागमती प्रदेशसभाको आज बिहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणबस स्थगन भएको छ । यही असार १६ गते दिउँसो १ बजे बस्नेगरी आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको प्रदेशसभाका सचिव रामकुमार पौडेलले जानकारी दिए। 

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सत्तापक्ष र प्रतिपक्ष दलसँगको सहमतिअनुसार असार १६ गते दिउँसो १ बजे बैठक बस्नेगरी सबै सांसदलाई सूचना सम्प्रेषण गरिएको जानकारी दिए। 
    
गत असार १ गते प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सरकारकोतर्फबाट आगामी आव २०८२-८३ का लागि बजेट विनियोजित गरिँदा निष्पक्ष र पारदर्शी नभएको भन्दै सत्तापक्ष दलका केही सांसद र प्रतिपक्ष दलका केही सांसदले प्रतिरोध गरेपछि बैठक नियमित बस्न सकेको छैन ।

सभामुख पाठकले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदसँग सहमति जुटाउने प्रयास गरिएको जनाउँदै सहमतिअनुसार असार १६ गते दिउँसो १ बजे बैठक बस्ने उल्लेख गरे। 

राप्रपा संसदीय दलका नेता उद्धव थापा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले सत्तापक्ष दलका केही सांसद र प्रतिपक्ष दलका केही सांसदले प्रतिरोधका कारण आजको बैठक स्थगित भएको बताए। 

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ४ : ०७ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल