सवा लाख नेपाली कडा लागुऔषध दुर्व्यसनी ! | Khabarhub Khabarhub

सन्दर्भ : अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस

सवा लाख नेपाली कडा लागुऔषध दुर्व्यसनी !

‘पुरानो कानुन र पूर्वाधारले प्रहरीलाई अप्ठेरो’


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज अन्र्तराष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस, ‘ब्रेकिङ द चेनः प्रिभेन्सन, ट्रिटमेण्ट एण्ड रिकभरी’ (जञ्जीर तोडौँ : रोकथाम, उपचार र पुनःस्थापना) नारामा विश्वभर मनाइँदैछ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन २६ मा अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाइन्छ । विश्व समुदायलाई लागुऔषधिको असर र कारोबारबाट मुक्त गराउनु दिवसको मुख्य उद्देश्य हो ।

दिवस अवसरमा विशेषगरी युवाहरूलाई लागुऔषधबाट टाढै राख्न विभिन्न सचेतनामूलक कार्यक्रम र विमर्श हुने गर्छ । विश्वमा अधिकांश लागुऔषध प्रयोगकर्ता र कारोबारीहरू युवा नै हुने गरेका छन् । थोरै समयमा धेरै रकम कमाउने लोभ, जिज्ञासा, सङ्गतको असर लगायत कारणले युवा पुस्ता लागुऔषधको भासमा फस्ने गरेका छन् ।

लागुऔषधको असन्तुलित प्रयोगका कारण विश्वमा हरेक वर्ष एक लाख ९० हजारको मृत्यु हुने गरेको तथ्याङ्क छ । लागुऔषधबाट मानवीय क्षति बर्सेनी बढ्दो छ ।

लागुऔषध कारोबारले अपराध र अराजकता त निम्त्याउँछ नै, एचआइभी र हेपाटाइटिस लगायत विभिन्न सङ्क्रामक रोगको जोखिम पनि बढाउँछ ।

सन् २००१ मा भारत सरकार र अल इण्डिया मेडिकल स्कूलको संयुक्त सर्वेक्षणअनुसार करिब सात करोड २५ लाख मानिसहरू लागुऔषध प्रयोगकर्ता रहेको अनुमान थियो । २४ वर्षपछि यो सङ्ख्या गुणात्मक बढेको आकलन छ ।

खुला सीमा तथा प्रत्यक्ष प्रभावका कारण नेपालमा पनि लागुऔषध प्रयोगकर्ता बढ्दै गएका जानकारहरू बताउँछन् । रिकभरिङ नेपालका अध्यक्ष विष्णु फुयाँल भन्छन्, ‘नेपालमा लागुऔषध प्रयोगकर्ताहरू दिनानुदिन बढिरहेका छन् । देशभर हाम्रो रेकर्डमा भएका पुनःस्थापना केन्द्रको सङख्या ३०० हाराहारीमा छ । यी पुनःस्थापना केन्द्रले वर्षमा करिब ८/९ हजार प्रयोगकर्ताहरूलाई उपचार र परामर्श दिन सक्छन् ।’

तर, सरकारी तथ्याङ्कमै देशभर एक लाख २० हजारभन्दा बढी व्यक्ति कडा खालको लागुऔषध प्रयोगकर्ता रहेको उल्लेख भएकाले स्थिति चिन्ताजनक रहेको उनले बताए ।

‘पुनःस्थापनाबाटै सबै समस्या समाधान हुने होइन । विभिन्न परामर्शका कार्यक्रम, सचेतना तथा विद्यालयस्तरीय कार्यक्रमहरू गर्न आवश्यक छ’, फुयाँलले भने ।

लागुऔषध नियन्त्रण कार्यक्रम गृह मन्त्रालयको पहिलो प्राथमिकतामा पर्नुपर्ने, तर यस्तो नभएको फुयाँलले गुनासो गरे ।

‘लागुपदार्थ नियन्त्रण निम्ति नेपाल सरकारले अहिले पनि पुराना नीतिनियम र कानुनलाई नै आधार बनाएको छ, कानुनी व्यवस्था समयसापेक्ष बनाइएको छैन’, फुयाँलले थपे, ‘देशले चारवटा संविधान फेरीसक्यो, लागुऔषध नियन्त्रण ऐन, २०३३ जस्ताको त्यस्तै छ ।’

दुव्र्यसनमा परेकालाई उपचारमा ल्याउने, त्यसतर्फ नलाग्न युवाहरूलाई समयमै रोक्ने र लागुऔषधबाट हुने क्षति एचआइभी र हेपाटाइटिस जस्ता सङ्क्रामक रोगहरूलाई रोक्न स्वास्थ्य मन्त्रालयले काम गर्नुपर्ने फुयाँलले उल्लेख गरे ।

प्रहरीको भूमिका प्रभावकारी

लागुऔषध ओसारपसार नियन्त्रणमा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले दक्षिण एसियामै उल्लेख्य काम गरिरहेको छ ।

विश्वमा यस्तो कार्य नियन्त्रण गर्न विभिन्न प्रकारका सूचना–प्रविधि विकास भए पनि नेपालको प्रहरी प्रशासन भने पुरानै पूर्वाधारमा काम गर्न बाध्य रहेको फुयाँल बताउँछन् ।

‘हाम्रो प्रहरी प्रशासनले पुरानै पूर्वाधारबाट पनि राम्रो काम गरिरहेको छ । तर, सधैँ यसरी चल्दैन’, फुयाँलले थपे, ‘लागुऔषध नियन्त्रण ब्यूरो पनि पहिले डिआइजीको नेतृत्वमा थियो अहिले त्यसलाई खुम्च्याएर एसपीको नेतृत्वमा सञ्चालन गरिएको छ । यसको क्षमता बढाएर लागुऔषध नियन्त्रणमा अझै कडाइ गरिनुपर्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँगको खुला सीमामा विशेष कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक छ ।’

काठमाडौँमा लागुऔषध प्रयोग बढ्दो

प्रहरी महानिरीक्षक दीपक थापाले काठमाडौँ उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेकोले उपत्यका प्रहरी कार्यालयले लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढङ्गले अघि बढाइरहेको बताएका छन् ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले सबैको ऐक्यबद्धता भए लागुऔषध दुव्र्यसन नियन्त्रण गर्न सफल हुने बताएका हुन् । लागुऔषधको माग र आपूर्ति नियन्त्रण गर्ने योजना बनाइ अघि बढ्न जरुरी रहेको थापाको भनाइ छ ।

नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आर्थिक वर्षमा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागूपदार्थ ५३ प्रतिशत बढी बरामद गरेको थापाले जानकारी दिए ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ४ : २६ बजे

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

भोजपुर – अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका

प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ