‘टिकटमा उल्लेख भएको सिट पाइएन भन्ने गुनासो आउन दिन्नौँ’ « Khabarhub

‘टिकटमा उल्लेख भएको सिट पाइएन भन्ने गुनासो आउन दिन्नौँ’


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले दशैँ, तिहार, छठलगायतका चाडपर्व मनाउन घर जाने र फर्कने यात्रुले टिकट लिएको गाडी भेटिएन, टिकटमा उल्लेख गरेको सिट पाइएन र ठगिएँ भन्ने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता जनाएको छ ।

महासङ्घको प्रदेश नं ३ कार्यालयको बुधबार कोटेश्वरमा उद्घाटनका अवसरमा अध्यक्ष होमप्रसाद अधिकारीले महासङ्घको लोगो अङ्कित नीलो ट्रयाकसुट लगाएका व्यक्तिसँग आधिकारिक काउन्टरबाट टिकट लिएमा यात्रुले दुःख झेल्ने र ठगिनुपर्ने अवस्था नआउने स्पष्ट पारे ।

यात्रुले अनावश्यक हैरानी खेप्नु नपरोस् भन्ने हेतुले लामा तथा मध्यम दूरीमा चल्ने महासङ्घ मातहतका सवारी साधनको टिकट काउन्टरमा बस्ने कर्मचारीको पहिचानका लागि पोशाक वितरण गरिएको उनले बताए ।

टिकट काउन्टरमा बस्ने करीब ५० जनालाई महासङ्घको लोगो अङ्कित पोशाक प्रदान गरिएको वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर तिमिल्सिनाले जानकारी दिए । चाडपर्व मनाउन आफ्नो घर जान लागेका यात्रुलाई टिकट काट्ने नाममा अनावश्यक दुःख दिने, टिकट दिने सिट उपलब्ध नगराउने, यात्रुलाई तानातान गरेर हैरानी बनाउने प्रवृत्तिलाई निरुत्साहन गर्न कर्मचारीलाई पोशाक वितरण गरिएको उपाध्यक्ष तिमिल्सिनाले बताए ।

मुलुकमा विभिन्न भागमा सवारी साधन सञ्चालन गर्ने ८० भन्दा बढी विभिन्न यातायात प्रालि महासङ्घमा आबद्ध छन् । महासङ्घसँग आबद्ध प्रालिबाट लामो, मध्यम र छोटा दूरीका गरी करीव २० हजारको सङ्ख्यामा सवारी साधन सडकमा गुड्दै आएको बताइएको छ ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद ढकालले यात्रुलाई सुरक्षित ढङ्गबाट चाडपर्व मनाउन जाने र फर्कने वातावरण मिलाउने सरकारको नीतिलाई अनुशरण गरेको भनी महासङ्घका पदाधिकारीलाई धन्यवाद दिए ।

यात्रुलाई सुविधासाथ निर्धारित समयमा तोकिएको स्थानमा पुर्‍याउन बिग्रिएका सडक र पुलपुलेसा बाधक रहेको हुँदा कतिपय स्थानमा तत्काल सुधारको आवश्यकता देखिएको भनी सो अवसरमा यातायात व्यवसायीले सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ९ : ४४ बजे

सुकुम्वासीको उठिबास नगर्न र मानव अधिकारको रक्षा गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंका विभिन्न स्थान र बागमती

माग सम्बोधन नभएको भन्दै मिटरब्याज पीडितको जनकपुरदेखि काठमाडौंसम्म पैदल मार्च

जनकपुर- आफ्ना मागहरू बारम्बार बेवास्ता गरिएको भन्दै मिटरब्याज पीडितहरूले न्यायको माग

काभ्रेको नमोबुद्धमा खाद्य अनुगमन : सात व्यवसायीमाथि कारबाही, तीन लाख जरिवाना

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित विभिन्न खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट तथा

गगन थापाको चेतावनी- प्राथमिकता नतोकिएको संविधान संशोधनले देशलाई द्वन्द्वमा धकेल्न सक्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्पष्ट प्राथमिकता र उद्देश्यबिना संविधान

‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको