गगन थापाको चेतावनी- प्राथमिकता नतोकिएको संविधान संशोधनले देशलाई द्वन्द्वमा धकेल्न सक्छ « Khabarhub

गगन थापाको चेतावनी- प्राथमिकता नतोकिएको संविधान संशोधनले देशलाई द्वन्द्वमा धकेल्न सक्छ


२५ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्पष्ट प्राथमिकता र उद्देश्यबिना संविधान संशोधन प्रक्रिया अघि बढाउँदा देश अप्रत्याशित संवैधानिक जटिलता र द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिएका छन्।

बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै सभापति थापाले सरकारले समाधान गर्नुपर्ने निश्चित समस्याको पहिचान नगरी संविधानका समग्र विषयलाई एकैपटक संशोधनको एजेन्डा बनाउने प्रयास गरेको भन्दै आपत्ति जनाए।

उनले प्राथमिकता निर्धारण नगरी गरिने संशोधनले अप्रत्याशित संवैधानिक जटिलता निम्त्याउने, चरम दलीय ध्रुवीकरण बढाउने तथा समाज र भूगोललाई जोड्ने मूल आधारसमेत कमजोर बनाउन सक्ने बताए।

सभापति थापाले लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक चरित्र तथा समानुपातिक समावेशी प्रतिनिधित्व कांग्रेसका आधारभूत मान्यता भएकाले यी विषयमा कुनै सम्झौता नहुने स्पष्ट गरे।

उनले संघीय संसद र प्रदेश सभाको आकार घटाउने, मन्त्रिपरिषद्लाई सानो बनाउने तथा स्थानीय सरकारलाई थप अधिकारसम्पन्न र सुदृढ बनाउने विषयमा संविधान संशोधन गर्न कांग्रेस सकारात्मक रहेको बताए। तर संघीय संरचनाजस्ता स्थापित व्यवस्थालाई नै खारेज गर्ने उद्देश्यले संशोधन प्रक्रिया अघि बढाउनु देशलाई द्वन्द्वमा लैजाने प्रयास हुने उनको भनाइ थियो।

सभापति थापाले संवैधानिक निकायहरूलाई स्वतन्त्र र सशक्त बनाउनुपर्नेमा सरकारको छायाँका रूपमा सीमित गर्ने प्रवृत्ति देखिएको टिप्पणी गरे। कांग्रेसले पार्टीभित्र वा संवैधानिक निकायमा भागबन्डाको राजनीति नगर्ने उल्लेख गर्दै उनले त्यस्ता निकायमा निष्पक्षता, स्वच्छता र संस्थागत विश्वसनीयता कायम हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ६ : ११ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको