गगन थापाको चेतावनी- प्राथमिकता नतोकिएको संविधान संशोधनले देशलाई द्वन्द्वमा धकेल्न सक्छ « Khabarhub

गगन थापाको चेतावनी- प्राथमिकता नतोकिएको संविधान संशोधनले देशलाई द्वन्द्वमा धकेल्न सक्छ


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्पष्ट प्राथमिकता र उद्देश्यबिना संविधान संशोधन प्रक्रिया अघि बढाउँदा देश अप्रत्याशित संवैधानिक जटिलता र द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिएका छन्।

बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै सभापति थापाले सरकारले समाधान गर्नुपर्ने निश्चित समस्याको पहिचान नगरी संविधानका समग्र विषयलाई एकैपटक संशोधनको एजेन्डा बनाउने प्रयास गरेको भन्दै आपत्ति जनाए।

उनले प्राथमिकता निर्धारण नगरी गरिने संशोधनले अप्रत्याशित संवैधानिक जटिलता निम्त्याउने, चरम दलीय ध्रुवीकरण बढाउने तथा समाज र भूगोललाई जोड्ने मूल आधारसमेत कमजोर बनाउन सक्ने बताए।

सभापति थापाले लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक चरित्र तथा समानुपातिक समावेशी प्रतिनिधित्व कांग्रेसका आधारभूत मान्यता भएकाले यी विषयमा कुनै सम्झौता नहुने स्पष्ट गरे।

उनले संघीय संसद र प्रदेश सभाको आकार घटाउने, मन्त्रिपरिषद्लाई सानो बनाउने तथा स्थानीय सरकारलाई थप अधिकारसम्पन्न र सुदृढ बनाउने विषयमा संविधान संशोधन गर्न कांग्रेस सकारात्मक रहेको बताए। तर संघीय संरचनाजस्ता स्थापित व्यवस्थालाई नै खारेज गर्ने उद्देश्यले संशोधन प्रक्रिया अघि बढाउनु देशलाई द्वन्द्वमा लैजाने प्रयास हुने उनको भनाइ थियो।

सभापति थापाले संवैधानिक निकायहरूलाई स्वतन्त्र र सशक्त बनाउनुपर्नेमा सरकारको छायाँका रूपमा सीमित गर्ने प्रवृत्ति देखिएको टिप्पणी गरे। कांग्रेसले पार्टीभित्र वा संवैधानिक निकायमा भागबन्डाको राजनीति नगर्ने उल्लेख गर्दै उनले त्यस्ता निकायमा निष्पक्षता, स्वच्छता र संस्थागत विश्वसनीयता कायम हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ६ : ११ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय