क्लब विश्वकप : युभेन्ट्समाथि म्यानचेस्टर सिटीको फराकिलो जित « Khabarhub

क्लब विश्वकप : युभेन्ट्समाथि म्यानचेस्टर सिटीको फराकिलो जित


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको बिहीबार राति भएको समूह ‘जी’को खेलमा म्यानचेस्टर सिटीले युभेन्ट्सलाई ५-२ ले हराएको छ।

खेलको ९ औँ मिनेटमा जेरेमी डोकुले गोल गर्दै सिटीलाई दिलाएको अग्रता दुई मिनेट भन्दा बढी टिकेन। गोलरक्षक एडरसनले मिस पास गरेपछि त्यसको फाइदा उठाउँदै युभेन्ट्सका टिर्याप कोप मेरिनेसले बराबरी गोल गरे।

सिटीले दोस्रो पटक आत्मघाती गोलका कारण अग्रता लिएको हो। म्याथ्यु नुनेसको पासलाई रोक्ने क्रममा पियरे ओलकाउले खेलको २६ औं मिनेटमा आत्मघाती गोल गरे।

मध्यान्तरमा वैकल्पिक खेलाडीको रुममा मैदानमा प्रवेश गरेका एर्लिङ हालान्डले ५२ औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए। फिल फोडेनले ६९ औं मिनेटमा चौथो तथा सिभिन्होले ७५ औं मिनेटमा पाँचौँ गोल गरे। खेल सकिन ६ मिनेट बाँकी रहँदा डुहान निसामोभिकले युभेन्ट्सका लागि गोल गरे।

सोही समूहको अर्को खेलमा एल ए आइनले वेयाद कासाब्लान्कालाई २-१ ले हराएको छ। यस अघि नै सिटी र म्यानचेस्टर दोस्रो चरणमा प्रवेश गरिसकेका छन्।

समूहमा सिटी शतप्रतिशत जितसहित पहिलो स्थान छ भने ६ अङ्क भएको युभेन्ट्स दोस्रो स्थानसहित दोस्रो चरणमा प्रवेश गरेको छ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ६ : ४२ बजे

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको