ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते  | Khabarhub Khabarhub

ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते 


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जङ्गलमा ग्यास बुलेट र ट्रक एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । 

घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका–२ का २४ वर्षीय  प्रवीन प्रजा र ग्यास बुलेट चालक भारतको बिहारका ४५ वर्षीय जगदेव यादव रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरित दिशाबाट जाँदै गरेको बाप्र ०३–००१ ख ३४१९ नम्बरको ट्रक एकापसमा ठोक्किँएका हुन् । 

सहचालक प्रजाको चितवन मेडिकल कलेज र यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ९ : ३२ बजे

रोजगारीका लागि प्रविधि प्रयोग गर्ने सीपयुक्त जनशक्ति तयार गर्नुपर्छ : श्रममन्त्री

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंहह भण्डारीले रोजगारीका लागि

बागमतीका अर्थमन्त्री भन्छन्- कृषि र पर्यटनको लगानीले प्रदेशमा रोजगारी बढाउँछ

काठमाडौं– बागमती प्रदेश सरकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा

हजारौँ दशनार्थीको सहभागितामा गहवामाई रथयात्रा

वीरगञ्ज– वीरगञ्जको प्रख्यात गहवामाईको तेस्रो रथयात्रा शुक्रबार मनाइएको छ । गहवा

‘भाइरल मेयर’कै स्थानीय तह बजेटविहीन !

काठमाडौँ – रौतहटको वृन्दावन नगरपालिकामा बेथिति बढेको र नगरप्रमुखले नागरिकको

धनुषामा आँप महोत्सव हुँदै, घुम्न आउने पर्यटकलाई निःशुल्क खुवाइने

महेन्द्रनगर– धनुषामा दुई दिने आँप महोत्सव आयोजना हुने भएको छ