प्रहरी हिरासतबाट फरार महतो पञ्जाबमा पक्राउ « Khabarhub

प्रहरी हिरासतबाट फरार महतो पञ्जाबमा पक्राउ


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाही प्रहरीको हिरासतबाट फरार भएका एक प्रतिवादीलाई १६ दिनपछि प्रहरीले भारतको पञ्जाब प्रान्तको जलन्धरबाट पक्राउ गरेको छ ।

लागुऔषध नाइट्राजेपाम–१० लेखिएको १४८ ट्याब्लेटसहित गत भदौ २० गते हरिवन नगरपालिका–११ बाट पक्राउ परेका सोही नगरपालिका–५ निवासी महिन्द्र महतो भदौ २२ गते जिल्ला अदालतबाट म्याद थप गराएर हरिवन लैजाने क्रममा प्रहरीको हिरासतबाट फरार भएका थिए ।

फरार भएका महतोलाई भारतको पञ्जाब प्रान्तको जलन्धरबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए ।

फरार प्रतिवादी महतोको परिवारिक सदस्यको सहयोगमा र भारतीय प्रहरीको समन्वयमा सादा पोशाकको प्रहरीलाई पञ्जाब पठाएर महतोलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ५ : ४२ बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण