सत्ता साझेदार एमालेसँग कुनै असमझदारी छैन : देउवा « Khabarhub

सत्ता साझेदार एमालेसँग कुनै असमझदारी छैन : देउवा


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा एमालेसँग कुनै असमझदारी नभएको बताएका छन् ।
 
चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा उनले एमालेसँग असमझदारी नभएको प्रतिक्रिया दिएका हुन् । 

सभापति देउवालाई पत्रकारहरूले एमालेसँग नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा देखिएको असमझदारीतर्फ ईंगित गर्दै जिज्ञासा राखेका थिए । जवाफमा उनले भने, ‘ठूलो कुरो केही थिएन । मानी हाले नि । दुईवटा पार्टी अलग–अलग पार्टी हुन् ।’

पत्रकारकै जिज्ञासाका क्रममा सभापति देउवाले पार्टीको १५ औँ महाधिवेशन समयमै हुने पनि बताए । ‘समयमा हुन्छ, समयमा हुन्छ,’ उनले भने । 

प्रजातन्त्रका सेनानी गौरीदेवी प्रधानको निधनको ७ औँ पुण्यतिथिको अवसर पारेर कांग्रेस चितवनले आयोजना गरेको श्रद्धाञ्जली सभामा सहभागी हुन देउवा चितवन पुगेका छन् ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १२ : ०३ बजे

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत