उपसभापति खड्काको टिप्पणी- कांग्रेसले कांग्रेसलाई हराउने रोगबाट पार्टीलाई मुक्त गराऔँ | Khabarhub Khabarhub

उपसभापति खड्काको टिप्पणी- कांग्रेसले कांग्रेसलाई हराउने रोगबाट पार्टीलाई मुक्त गराऔँ


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले कांग्रेसलाई हराउने रोगबाट पार्टीलाई मुक्त गराउन आवश्यक रहेको बताएका छन् । 

पर्साको वीरगञ्जमा शुक्रबारदेखि सुरू भएको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा उनले कांग्रेसले कांग्रेसलाई हराउने रोगबाट पार्टीलाई मुक्त गराउन आवश्यक रहेकोमा जोड दिएका हुन् । 

‘हामी भन्छौँ कांग्रेसलाई हराउन कोही चाहिँदैन, कांग्रेस भए पुग्छ । हामीलाई हराउन कोही सक्दैन,’ उपसभापति खड्काले भने, ‘तर, हामीले आफैँलाई हराउँछौँ । त्यो रोगबाट पनि पार्टीलाई मुक्त गराउनु छ ।’ 

उनले प्रशिक्षणमार्फत आपसी सद्भावको विकास, मुद्दाको छलफल गर्ने तरिकाको विकास, आपसी मतभेदलाई सम्बोधन गर्ने तरिकाको अभ्यास प्रशिक्षकहरूका माध्यमबाट गर्नुपर्नेमा पनि जोड दिए ।    

‘कांग्रेसले कांग्रेसलाई हराउने रोगबाट पार्टीलाई माथि उठाउनु छ । त्यसका लागि पनि यो प्रशिक्षणमार्फत सद्भावको विकास, मुद्दाको छलफल गर्ने तरिकाको विकास, आपसी मतभेदलाई सम्बोधन गर्ने तरिकाको अभ्यास प्रशिक्षक साथीहरूका माध्यमबाट चिर्नु छ,’ खड्काले भने ।   

पार्टीका विभिन्न जिम्मेवारीमा बसेका प्रत्येकले आत्मामा हात राखेर आफूलाई अहिलेको परिस्थिति सम्हाल्नका लागि तयार पार्ने अभियान अन्तर्गत प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उनले बताए ।

‘जिम्मेवारीमा बसेका हामी प्रत्येकले निधार खुम्च्याएर आफ्नो आत्मामा हात राखेर आफूलाई अहिलेको परिस्थिति सम्हाल्नका लागि तयार पार्नु छ,’ उपसभापति खड्काले भने, ‘त्यही तयार पार्ने अभियान अन्तर्गत यो प्रशिक्षक प्रशिक्षण कार्यक्रम हामीले आज गर्दैछौँ ।’    

उनले कांग्रेसमा देखिने गरेका आपसी मतभेदहरूलाई कोठामा बसेर संवादका माध्यमबाट मेटाउँदै जानुपर्नेमा पनि जोड दिए । मुलुकमा व्याप्त अन्योललाई चिरेर स्थायित्वतर्फ अगाडि बढ्नका लागि व्यक्तिगत स्वार्थ, लोभ र कुण्ठाबाट बाहिर निक्लेर बुझिने तरिकाको सन्देश दिनका लागि सबैले आफूलाई लायक बनाउन आवश्यक रहेको खड्काको भनाइ थियो ।  

‘मुलुकको अहिलेको अन्योललाई चिरेर स्थायित्वतर्फ अगाडि बढाउनका लागि र आम मतदाताको असन्तुष्टिलाई हाम्रो व्यवहार, बोलीबचन, जीवनशैली, कर्मशीलताबाट व्यक्तिगत स्वार्थ, लोभ र कुण्ठाबाट बाहिर निक्लेर नयाँ भरोसा, निष्ठा र समर्पणको बुझिने तरिकाको सन्देश दिनको लागि आफूलाई लायक बनाउनु छ,’ उनले भने ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १२ : ३८ बजे

एसईई परीक्षाको नतिजा प्रकाशित

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा

बञ्चरोले हानेर भाइको हत्या आरोपमा दाइ पक्राउ

अर्घाखाँची– अर्घाखाँचीमा बञ्चरो प्रहार गरी सहोदर दाइले भाइको हत्या गरेका

नेतन्याहूलाई संकट : अदालतले भ्रष्टाचारका तीनवटा मुद्दाको सुनुवाइ स्थगन गर्न मानेन

तेलअभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो भ्रष्टाचारसम्बन्धी मुद्दामा सुनुवाइ केही

नेपालमा ३० हजारभन्दा बढी एचआईभी संक्रमित, अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न चुनौती

काठमाडौं– नेपालमा एचआइभी संक्रमितको अनुमानित संख्या ३० हजारभन्दा बढी रहेको

एकीकृत समाजवादीको निष्कर्ष- माधव नेपालले दुवै पदबाट राजीनामा दिनुपर्दैन

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीले भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष माधवकुमार