जसपाले छोड्न थाल्यो कांग्रेस-एमालेको साथ, लुम्बिनी सरकारबाट समर्थन फिर्ता « Khabarhub

जसपाले छोड्न थाल्यो कांग्रेस-एमालेको साथ, लुम्बिनी सरकारबाट समर्थन फिर्ता


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले नेपालले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर २०८१ असारमा बनेको गठबन्धनको साथ छाड्न थालेको छ।

अध्यक्ष यादवले यसअघी लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। यादवले मंगलबार भक्तपुरमा घोषणा गरेअनुसार जसपाले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने प्रक्रिया थालेको थियो।

त्यहीअनुसार लुम्बिनीमा मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन जसपाले फिर्ता लिएको हो ।

जसपा नेपालले संघमा पनि ओली नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेको थियो। त्यही निर्णयअनुसार जसपाले प्रदेशश सरकारबाट समर्थन फिर्ता लिन थालेको हो ।

यादवले नेपाली कांग्रेस–नेकपा एमाले नेतृत्वको वर्तमान गठबन्धनको औचित्य समाप्त भएको भन्दै आफ्नो दलले समर्थन दिएर गल्ती गरेको भन्दै पछुतो व्यक्त गरेका थिए ।


प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ४ : ५४ बजे

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प 

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक

आजका समाचार : नयाँ नेतृत्वतिर रास्वपा, विष्णु पौडेल पक्राउले तरंग, इरान अमेरिका सम्झौता टिक्नेमा शंका र विश्वकपमा मेस्सीको जादु निरन्तर 

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

एजन्सी– इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्ट्रेट अफ हर्मुज’

रविले दिए सभापति पदमा उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सभापति