पूर्वराष्ट्रपति भण्डारीले शनिबार राजनीतिमा फर्किएको घोषणा गर्न सक्ने « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीले शनिबार राजनीतिमा फर्किएको घोषणा गर्न सक्ने


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्ने भएकी छन् ।

उनीनिकट एमालेका एक नेताका अनुसार उनले शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा हुने मदन भण्डारी फाउन्डेशनको कार्यक्रमबाट राजनीतिमा फर्किएको घोषणा गर्न लागेकी हुन् ।

दुई कार्यकाल राष्ट्रपतिमा रहेर शीतल निवासबाट बिदाइ भइसकेकी उनले एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहने फाउन्डेशनको कार्यक्रमबाट राजनीतिकमा फर्किएको सन्देश दिन लागेकी हुन् ।

भण्डारी राष्ट्रपतिबाट बिदा भएपछि कोशी, लुम्बिनी र कर्णाली प्रदेशको भ्रमण गरेर फर्किसकेकी छन् । उनी यसबीचमा उत्तरी छिमेकी चीनकोसमेत भ्रमण गरेर आइसकेकी छन् । उनलाई चिनियाँ नेताहरूले नेपालका कम्युनिष्ट दलहरू मिलाएर तिनको नेतृत्व गर्न शुभेच्छा दिएर पठाएका छन् ।

एमालेका नेता कार्यकर्तासँग बाक्लो संवादमा रहेकी उनले अहिलेसम्म एमालेको सक्रिय राजनीतिमा फर्किने औपचारिक घोषणा गरेकी छैनन् ।

एमालेमा फर्किनका लागि उनले अध्यक्ष केपी शर्मा ओलीसँग पटक पटक संवाद पनि गरेकी छन् । तर उनीहरू दुईजनाबीचको संवादबारे सचिवालयले केही बोलेको छैन । पछिल्लो पटक केही दिनअघि भण्डारीले बालुवटार नै पुगेर ओलीसँग गरेको संवादलाई अर्थपूर्ण मानिएको छ। उक्त संवादलाई भण्डारी एमालेमा फर्किने एउटा बिन्दुका रुपमा उनीनिकटले व्याख्या गरिरहेका छन्।

मदन भण्डारी फाउन्डेशनले शनिबार राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी विशेष अतिथिका रुपमा जाँदैछिन् । उनले त्यहीँ एमालेको राजनीतिमा फर्किने सन्देश दिने भएकी हुन् ।

उनीनिकट एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले शनिबार पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक विषयवस्तुमा बोल्ने बताए ।

उनका अनुसार एमालेको राजनीतिमा फर्किने नफर्किने कुराबारे शनिबार नै भण्डारीको सम्बोधन सुन्न प्रतिक्षा गर्नुपर्ने बताए । थापाले शनिबार पूर्वराष्ट्रपतिले राजनीतिक विषयमा बोल्ने तयारी गरेको खुलाएका छन् ।

भण्डारी एमालेको राजनीतिमा फर्किएमा पार्टीबाट बाहिरिएका नेताहरू पनि फर्किन सक्ने अनुमान गरिँदैछ । माधवकुमार नेपाल, भीम रावल र वामदेव गौतमसहितका नेताहरूका लागि एमालेमा फर्किन पनि भण्डारी चाहिने वकालत एउटा पक्षले गरिरहेको छ ।

आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन हुँदैछ । उक्त महाधिवेशनमा ७० वर्षे उमेर हदको विषय पेचिलो बनेको छ । त्यही महाधिवेशनलाई लक्षित गर्दै भण्डारीले एमालेमा औपचारिक रुपमै सक्रियता बढाउन खोजिरहेकी छन् ।

७४ वर्ष लागिसकेका ओली हाल निलम्बनमा रहेको ७० वर्षे उमेर हद हटाउने पक्षमा छन् । तर भण्डारी ७० वर्षे कायमै राखेर ओलीलाई बिदा गर्ने पक्षमा देखिएकी छन् । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितले पार्टीमा ७० वर्षे लागू हुनुपर्ने सार्वजनिक रुपमै बोलेको अवस्थामा भण्डारीले राजनीतिमा फर्किने तयारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ८ : २० बजे

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडाैं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

प्रधानमन्त्री कार्कीसमक्ष ओहदाको प्रमाणपत्र पेस

काठमाडौं – नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक (रेजिडेन्ट

नुवाकोटमा मासु खाने क्रममा हड्डी अड्किएर एक जनाको मृत्यु

नुवाकोट – भोजमा मासु खानेक्रममा हड्डी अड्कँदा जिल्लाको तारकेश्वर गाउँपालिका–५