इजरायली आक्रमणमा मारिएका उच्च इरानी अधिकारीको राजकीय सम्मानसहित अन्त्येष्टि | Khabarhub Khabarhub

इजरायली आक्रमणमा मारिएका उच्च इरानी अधिकारीको राजकीय सम्मानसहित अन्त्येष्टि


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानले शनिबार इजरायलसँगको युद्धमा मारिएका करिब ६० वैज्ञानिक र कमान्डरको राजकीय सम्मानका साथ अन्त्येष्टि गरेको छ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी र उच्च कूटनीतिज्ञहरूले इरानविरूद्ध इजरायल र अमेरिकाले गरेको आक्रमणप्रति आक्रोश व्यक्त गर्दै एक स्वतन्त्र राष्ट्रका रूपमा इरानले अन्तराष्ट्रिय कानुनको परिधिमा रहेर गर्ने विकासका गतिविधि नितान्त आफ्नो हित र सुरक्षामा भएको बताएका छन् ।

अन्त्येष्टि समारोहमा ‘अमेरिका मुर्दावाद’ र ’इजरायल मुर्दावाद’ भन्ने नारा लगाउँदै हजारौं नागरिकले अमेरिका र इजरायलको आक्रमणमा ज्यान गुमाएका मृतकको फोटो भएका व्यानर, प्लाकार्ड खिचेको फुटेज प्रसारण गरेको थियो ।

इरानले १२ दिनको युद्धको क्रममा इजरायलविरुद्ध गरेको प्रतिशोधात्मक क्षेप्यास्त्र आक्रमणलाई सङ्केत गर्दै लेखिएको ‘बुम, बुम, तेल अभिभ,’ उल्लेख गरिएको ब्यानर लिएर हजारौँ इरानीले मृतकप्रति सम्मानका लागि अन्त्येष्टि समारोहमा सहभागी भएका थिए ।

इरानी सरकारी टेलिभिजनले इरानले इजरायलमाथि प्रहार गरेको क्षेप्यास्त्रजस्तै ब्यालेस्टिक क्षेप्यास्त्रको नक्कल र इरानी झन्डामा ओछ्याइएको कफिनलाई प्रत्यक्ष प्रशारणमार्फत् देखाएको थियो ।

राष्ट्रपति मसूद पेजेस्कियान र खामेनीका वरिष्ठ सल्लाहकार रियर एडमिरल अली शमखानी पनि उक्त समारोहमा उपस्थित भएका थिए। उनले युद्धमा इजरायली आक्रमणमा घाइते भएपछि बेतको लोरोको सहायतामा अन्त्येष्टि समारोहमा हिँडिरहेको देख्न सकिन्थ्यो । यसले सहभागीहरूबीच उत्तेजना र आक्रोश छाएको देख्न सकिन्थ्यो ।

अन्त्येष्टि समारोहमा सर्वोच्च नेता स्वयं भने सहभागी भएनन् । उनले बिहीबार भिडियो सम्बोधन गर्दै यसै साताको सुरुमा युद्धविरामसहित समाप्त भएको द्वन्द्वमा ‘विजय’ भएको घोषणा गरेका थिए ।

आत्मसमर्पण भएन

अन्तिम संस्कारको शबयात्रा महानगरका विभिन्न भागमा पुग्दा विदेशमन्त्री अब्बास अराघचीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट गर्दै युद्धमा ‘इरानी जनताले दिएको साथ र समर्थनका लागि’ नागरिक, सुरक्षाकर्मी लगायतका सम्पूर्ण देशबासीलाई धन्यवाद दिँदै अमेरिका र इजरायलको आक्रमणमा ज्यान गुमाएका ‘शहीद’प्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

उनले आफ्नो सन्देशमा लेखेका छन् “इरानीहरूले रगत दिए, जमिन दिएनन् । आफ्ना प्रियजनहरूलाई दिए, आत्मसम्मान गुमाएनन् , उनीहरूले एक हजार टनको बम वर्षाको सामना गरे, तर आत्मसमर्पण गरेनन् ।“

उनले थपे, “इरानले ‘आत्मसमर्पण’ शब्दलाई मान्यता दिँदैन। शनिबार अन्त्येष्टि गरिएका मृतक हरूमध्ये सशस्त्र बलका चिफ अफ स्टाफ मेजर जनरल मोहम्मद बागेरी पनि रहेका थिए । उनको अन्त्येष्टि उनकै श्रीमती र पत्रकार एक छोरीसँगै गर्ने कायृक्रम रहेको छ ।

आक्रमणमा मारिएका आणविक वैज्ञानिक मोहम्मद मेहदी तेहरान्चीलाई पनि उहाँ श्रीमतीसँगै अन्त्येष्टि गरिनेछ। युद्धको पहिलो दिन मारिएका रिभोल्युसनरी गार्डका कमाण्डर होसेन सलामीलाई आइतबार अन्त्येष्टि गरिन बताइएको छ ।

आक्रमणमा मारिएका अन्त्येष्टि गरिने ६० जनामध्ये चार जना बालबालिका र चार महिला रहेका छन् ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ८ : ४६ बजे

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समीक्षाले भनिन् : महेश बस्नेतले मेरो चरित्र हत्या गरे

काठमाडौं – गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो

एक सातामा ८८ हजारभन्दा बढी अफगानी इरानबाट स्वदेश फिर्ता

काबुल – अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)लाई उद्धृत गर्दै खामा प्रेसले

मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक

कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले