प्रधानमन्त्रीबाट राष्ट्रिय धान दिवसको शुभकामना « Khabarhub

प्रधानमन्त्रीबाट राष्ट्रिय धान दिवसको शुभकामना


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्ने बताएका छन् ।

राष्ट्रिय धान दिवसका अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै भनेका छन्– ‘आज असार १५, हाम्रो उत्पादन र पसिनाको पर्व, धान दिवस, माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो, आज देश बाहिर भए पनि बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ ।’

प्रधानमन्त्री ओलीले सन्देशमा रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउनका लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको पनि उल्लेख गरेका छन् ।

सन्देशमा भनिएको छ, ‘कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउँ, असार १५, दही चिउरा खाने दिन तथा धान दिवसको सबैलाई शुभकामना ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ९ : ४३ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष