चालु आर्थिक वर्षको १७ दिन बाँकी, पुँजीगत खर्च ४५ र आम्दानी ७३ प्रतिशतमा सीमित  « Khabarhub

चालु आर्थिक वर्षको १७ दिन बाँकी, पुँजीगत खर्च ४५ र आम्दानी ७३ प्रतिशतमा सीमित 


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष सकिन अब १७ दिन मात्रै बाँकी छ । तर, सरकारले आम्दानी र खर्च दुवैको लक्ष्य हासिल गर्न नसक्ने देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको असार १४ गतेसम्मको तथ्यांकअनुसार सरकारले लक्ष्यको जम्मा ७३.३३ प्रतिशत मात्रै आम्दानी गरेको छ भने ७२.७७ प्रतिशत मात्रै खर्च गरेको छ ।

समीक्षा अवधिसम्म सरकारको अनुदान सहायताको लक्ष्य र पुँजीगत खर्चको लक्ष्य प्राप्तिको अवस्था निकै कमजोर देखिएको छ । तथ्यांकअनुसार समीक्षा अवधिसम्म सरकारले अनुदान सहायता ३७.६१ प्रतिशत मात्रै प्राप्त गरेको छ भने पुँजीगत खर्च ४४.७६ प्रतिशत गरेको छ ।

चालु आर्थिक वर्षमा सरकारले ५२ अर्ब ३२ करोड ६५ लाख अनुदान सहायता प्राप्त गर्ने लक्ष्य तय गरेको थियो । समीक्षा अवधिसम्म जम्मा १९ अर्ब ६८ करोड २० लाख मात्रै प्राप्त गरेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षका लागि सरकारले सुरु बजेटमार्फत् तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो । तर, समीक्षा अवधिसम्म एक खर्ब ५७ अर्ब ७० करोड ४८ लाख रुपैयाँ मात्रै खर्च गरेको छ ।

आज असार १५ गतेसहित बाँकी १७ दिनको अवधिमा सरकारले ती दुवै लक्ष्य हासिल गर्न नसक्ने स्पष्ट देखिएको छ ।

सरकारले चालु खर्चतर्फ भने समीक्षा अवधिसम्म ७८.५१ प्रतिशत अर्थात् आठ खर्ब ९५ अर्ब ५३ करोड ८० लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ सबैभन्दा धेरै ८१.७९ प्रतिशत अर्थात् तीन खर्ब ४० करोड ७४ लाख रुपैयाँ खर्च गरेको छ ।

समीक्षा अवधिसम्म सरकारले १३ खर्ब ५३ अर्ब ६५ करोड दुई लाख रुपैयाँ खर्च गरेको छ भने आम्दानी जम्मा १० खर्ब ७९ अर्ब १५ करोड आठ लाख रुपैयाँ मात्रै गरेको छ ।

समीक्षा अवधिसम्म सरकारको आम्दानीको तुलनामा खर्च दुई खर्ब ७४ अर्ब ५० करोडले बढी रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ११ : ०१ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका