चालु आर्थिक वर्षको १७ दिन बाँकी, पुँजीगत खर्च ४५ र आम्दानी ७३ प्रतिशतमा सीमित  « Khabarhub

चालु आर्थिक वर्षको १७ दिन बाँकी, पुँजीगत खर्च ४५ र आम्दानी ७३ प्रतिशतमा सीमित 


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष सकिन अब १७ दिन मात्रै बाँकी छ । तर, सरकारले आम्दानी र खर्च दुवैको लक्ष्य हासिल गर्न नसक्ने देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको असार १४ गतेसम्मको तथ्यांकअनुसार सरकारले लक्ष्यको जम्मा ७३.३३ प्रतिशत मात्रै आम्दानी गरेको छ भने ७२.७७ प्रतिशत मात्रै खर्च गरेको छ ।

समीक्षा अवधिसम्म सरकारको अनुदान सहायताको लक्ष्य र पुँजीगत खर्चको लक्ष्य प्राप्तिको अवस्था निकै कमजोर देखिएको छ । तथ्यांकअनुसार समीक्षा अवधिसम्म सरकारले अनुदान सहायता ३७.६१ प्रतिशत मात्रै प्राप्त गरेको छ भने पुँजीगत खर्च ४४.७६ प्रतिशत गरेको छ ।

चालु आर्थिक वर्षमा सरकारले ५२ अर्ब ३२ करोड ६५ लाख अनुदान सहायता प्राप्त गर्ने लक्ष्य तय गरेको थियो । समीक्षा अवधिसम्म जम्मा १९ अर्ब ६८ करोड २० लाख मात्रै प्राप्त गरेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षका लागि सरकारले सुरु बजेटमार्फत् तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो । तर, समीक्षा अवधिसम्म एक खर्ब ५७ अर्ब ७० करोड ४८ लाख रुपैयाँ मात्रै खर्च गरेको छ ।

आज असार १५ गतेसहित बाँकी १७ दिनको अवधिमा सरकारले ती दुवै लक्ष्य हासिल गर्न नसक्ने स्पष्ट देखिएको छ ।

सरकारले चालु खर्चतर्फ भने समीक्षा अवधिसम्म ७८.५१ प्रतिशत अर्थात् आठ खर्ब ९५ अर्ब ५३ करोड ८० लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ सबैभन्दा धेरै ८१.७९ प्रतिशत अर्थात् तीन खर्ब ४० करोड ७४ लाख रुपैयाँ खर्च गरेको छ ।

समीक्षा अवधिसम्म सरकारले १३ खर्ब ५३ अर्ब ६५ करोड दुई लाख रुपैयाँ खर्च गरेको छ भने आम्दानी जम्मा १० खर्ब ७९ अर्ब १५ करोड आठ लाख रुपैयाँ मात्रै गरेको छ ।

समीक्षा अवधिसम्म सरकारको आम्दानीको तुलनामा खर्च दुई खर्ब ७४ अर्ब ५० करोडले बढी रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ११ : ०१ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर