नेपाली कहिले धेरै भात खान्छन्, कहिले कम ! | Khabarhub Khabarhub

सन्दर्भ : राष्ट्रिय धान दिवस

नेपाली कहिले धेरै भात खान्छन्, कहिले कम !



काठमाडौँ – धान नेपालीको प्रमुख खाद्यबाली हो । आन्तरिक उत्पादनले नथेग्ने भएपछि नेपालले वर्षेनी अर्बौँ रुपैयाँ बराबरको धानचामल आयात गर्ने गर्छ ।

राज्यको औपचारिक तथ्याङ्क विश्लेषण गर्दा नेपालीको भात खाने तरिका अचम्मको देखिन्छ । नेपालीले कुनै वर्ष निकै धेरै भात खान्छन् त कुनै वर्ष निकै कम !

भन्सार विभागको पछिल्लो पाँच वर्षको तथ्याङ्क केलाउँदा नेपालमा धानचामल आयातको अवस्था निकै उतारचढावयुक्त छ । कुनै वर्ष नेपालमा निकै धेरै परिमाणमा धानचामल आयात भएको छ भने कुनै वर्षमा निकै कममात्रै भित्रिएको छ ।

धानचामल व्यापारमा कालो बजारी र भन्सार छलीलाई बिर्सँदा, विभागको तथ्याङ्कले नेपालीको भात खाने प्रवृत्ति निकै अस्थिर भएको देखाउँछ ।

आर्थिक वर्ष ०७७/७८ मा नेपालमा बीउसहित जम्मा ४० लाख ११ हजार ४८० रुपैयाँ बराबरको धान आयात भएको थियो । जब कि अर्को वर्ष ०७८/७९ मा त्यसको चार गुणा भन्दा पनि बढी एक करोड ६९ लाख ९० हजार ७२७ रुपैयाँ बराबरको धान आयात भयो ।

विभागकै तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७७/७८ मा नेपालमा २७ अर्ब २६ करोड ४० लाख ८९ हजार रुपैयाँ बराबरको चामल आयात भएकोमा ०७८/७९ मा जम्मा झण्डै पौने दुई अर्ब बढी अर्थात् २९ अर्ब चार करोड ६४ लाख ६२ हजार रुपैयाँ बराबरको चामल आयात भएको थियो ।

जबकि कृषि मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७७/७८ को तुलनामा ०७८/७९ मा नेपालमा झण्डै पाँच लाख मेट्रिक टन अर्थात् चार लाख ९१ हजार ८७ मेट्रिक टन धान उत्पादन कम भएको थियो ।

त्यस्तै, पछिल्ला आर्थिक वर्षहरूको भन्सार विभागको तथ्याङ्क हेर्दा पनि आर्थिक वर्ष ०७८/७९ को तुलनामा ०७९/८० मा धानको आयातमा तीन अर्ब ७६ करोड ७९ हजार रुपैयाँले बढेकोमा चामलको आयात भने १३ अर्ब ४१ करोड ९७ लाख ४३ हजार रुपैयाँले घट्न पुगेको छ ।

ज्ब कि कृषि मन्त्रालयको तथ्याङ्कअनुुसार आर्थिक वर्ष ०७८/७९ को तुलनामा आर्थिक वर्ष ०७९/८० मा साढे तीन लाख मेट्रिक टन मात्रै बढी धान उत्पादन भएको छ ।

पछिल्लो पाँच वर्षमा नेपालमा धान आयात (बीउसहित) :

आर्थिक वर्षआयात मूल्य (रु. हजारमा)
०७७/७८४०,११,४८०
०७८/७९१,६९,९०,७२७
०७९/८०२,०७,५०,८०६
०८०/८११,२९,४१,०८८
०८१/८२ (जेठसम्म)२,११,५७,१५६

पछिल्लो पाँच वर्षमा नेपालमा चामलको आयात (कनिका र चिउरा बाहेक) :

आर्थिक वर्षआयात मूल्य (रु. हजारमा)
०७७/७८२,७२,६४,०९८
०७८/७९२,९०,४६,४६२
०७९/८०१,५६,२६,७१९
०८०/८१९२,८८,८१४
०८१/८२ (जेठसम्म)१,७५,०५,१२२

धान खेतीको क्षेत्रफल घट्दो क्रममा

नेपालमा पछिल्ला वर्षहरूमा निरन्तर धानखेती गर्ने क्षेत्रफल घट्दै गएको छ । कृषि मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा धानखेती गरिने क्षेत्रफल ५२ हजार ८३८ हेक्टरले घटिसकेको हो ।

धानखेती गरिने क्षेत्रफल घटे पनि धानको उत्पादकत्व भने नघटेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष ०७७/७८ मा नेपालमा १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा धानखेती गर्दा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो ।

जब कि आर्थिक वर्ष ०८१/८२ मा धान खेती गर्ने क्षेत्रफल घटेर १४ लाख २० हजार ६३६ हेक्टरमा आइपुग्दा धान उत्पादन भने ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन पुगेको छ ।

पछिल्लो पाँच वर्षमा नेपालमा धान उत्पादनको अवस्था :

आर्थिक वर्षउत्पादन परिमाण (मेट्रिक टन)क्षेत्रफल (हेक्टर)
०७७/७८५६,२१,७१०१४,७३,४७४
०७८/७९५१,३०,६२३१४,७७,३७८
०७९/८०५४,८६,४७२१४,४७,७८९
०८०/८१५७,२४,२३४१४,३८,९८९
०८१/८२५९,५५,४७६१४,२०,६३६

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  २ : २२ बजे

मधेशका मुख्यमन्त्री यादवले दीर्घकालीन महत्त्वका निर्णय गर्न नपाउने

काठमाडौं- महोत्तरीको बर्दिबासस्थित पानस होटलबाट मधेश प्रदेशको मुख्यमन्त्री बनेका नेकपा

कांग्रेस बैठक : पार्टीको महाधिवेशनबारे फरक- फरक धारणा

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको १५ औँ महाधिवेशन

सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गत अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गर्ने 

काठमाडौं– सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत विभिन्न निकायमा अधिकृतस्तरका २५६

निर्धारित समयमा निर्वाचन हुनुपर्ने अडानसहित ट्रेड युनियन कांग्रेसले बुझायो ज्ञापनपत्र

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले निर्धारित समयमा निर्वाचन हुनुपर्ने मागसहित

दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानीको मुटुमा भएको घातक कार