सुनचाँदी व्यवसायी भन्छन्- आन्दोलनबाट सरकारलाई घुँडा टेकाएरै छाड्छौँ « Khabarhub

सुनचाँदी व्यवसायी भन्छन्- आन्दोलनबाट सरकारलाई घुँडा टेकाएरै छाड्छौँ


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले सोमबार ललितपुरमा विरोध प्रदर्शन गरेका छन् ।  

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै उनीहरूले सोमबार ललितपुरको मंगलबजारमा विरोध प्रदर्शन गरेका हुन् ।

त्यसअघि सुनचाँदी व्यवसायीहरू पाटनका विभिन्न स्थानमा प्रदर्शनसहितको र्‍याली निकालेका थिए । बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ ।

सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने समेत उनीहरूले राखेका छन् ।

सरकारले बजेटमार्फत गरेको व्यवस्था खारेज नभएसम्म आफूहरूका आन्दोलन नरोकिने संघर्ष समितिका संयोजक विपेन्द्र रामुदामुले बताए ।  

उनले आन्दोलनमार्फत सरकारलाई घुँडा टेकाएरै छाड्ने दाबी गरे  । व्यवसायीहरूले सुनमा लगायतको कोटा प्रणाली खारेज गर्न समेत माग गरेका छन् । उनीहरूले मंगलबार भक्तपुरमा विरोध प्रदर्शन गर्ने जनाएका छन् । 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ५ : २५ बजे

एक हजार रुख कटान गरिँदै

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

आईपीएल क्रिकेट : राजस्थानमाथि गुजरातको सानदार जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सानदार जित

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

आज २०८३ साल वैशाख २७ गते आइतबार। जेठ कृष्ण पक्षको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ