एलजी नेपालले प्रस्तुत गर्‍यो ‘एफेक्सनेट इन्टेलिजेन्स’ « Khabarhub

एलजी नेपालले प्रस्तुत गर्‍यो ‘एफेक्सनेट इन्टेलिजेन्स’


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एलजी नेपालले ग्लोबल इनोवेसनको अवधारणा एफेक्सनेट ‘इन्टेलिजेन्स’ लाई दुईदिने कार्यक्रममार्फत सार्वजनिक गरेको छ ।

शुक्रबार डिलरहरूका लागि र शनिबार सर्वसाधारण, मिडिया तथा इन्फ्लुएन्सरका लागि आयोजना गरिएको यस कार्यक्रममा एलजीको भविष्यमुखी प्रविधिको अनुभव गराइइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एफेक्सनेट इन्टेलिजेन्स एलजीको आर्टीफिसिए इन्टेलिजेन्सप्रति राखिएको विशेष दृष्टिकोण हो, जहाँ एआई केवल बुद्धिमान नभई संवेदनशील र उत्तरदायी रहेको छ, जसले प्रविधि र मानवबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउँछ ।

यस अवसरमा एलजीले आगामी पुस्ताका एआई प्रविधिद्वारा सञ्चालित समाधानहरू प्रस्तुत गर्‍यो, जुन नवप्रवर्तनमा आफ्नो प्रतिबद्धता र उद्देश्यप्रति समर्पणको प्रमाण थियो ।

 कार्यक्रममा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालमा एलजीको सुरुवाती यात्रा र डिलर तथा साझेदारहरूको निरन्तर समर्थनप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा निम्न  म्यानेजिङ डाइरेक्टर, एलजी इलेक्ट्रोनिक्स सिंगापुरका फावियन कुन्हो ली,  म्यानेजिङ डाइरेक्टर, एलजी इलेक्ट्रोनिक्स बंगलादेशका जेराल्ड सुन्घो चुन  म्यानेजिङ डाइरेक्टर, चौधरी ग्रुपका निर्वाण चौधरीलगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ६ : १९ बजे

‘एडल्ट’ सर्टिफिकेट पाउने बित्तिक्कै फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ ।