रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन « Khabarhub

रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचन गर्ने घोषणा गरेको छ। उक्त निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद दीपक बोहराको गत चैत १९ गते निधन भएको थियो।

नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्य पद रिक्त भएको भनी सङ्घीय संसद् सचिवालयले गत चैत ३१ गते आयोगलाई जानकारी गराएको थियो।

प्रतिनिधिसभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी रहँदै कुनै स्थान रिक्त भएमा जुन निर्वाचन विधिबाट रिक्त भएको हो सोही प्रणालीबाट पूर्ति गरिने कानुनी प्रावधान छ। आयोगको सोमबार बसेको बैठकले प्रतिनिधिसभा सदस्यको नयाँ उपनिर्वाचन मिति घोषणा गरेको हो।

आयोगका प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सफल पार्न सङ्घीय तथा प्रदेश सरकार र स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता र सरोकार भएका सबैलाई आग्रह गरिएको बताइन्।

आयोगले निर्वाचन कार्यालयबाट भइरहेको मतदाता नामावली दर्ता मङ्गलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरिएको जनाएको छ।

निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्तासम्बन्धी कार्य स्थगन हुने कानुनी प्रावधानअनुसार तत्कालका लागि नामावली सङ्कलन कार्य रोकिएको प्रवक्ता अर्यालले बताइन्।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ५ : ३३ बजे

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष