माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा « Khabarhub

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालको पद लोलोपुता ज्यादै अशोभनीय र मजाकपूर्ण देखिएको बताएका छन्।

पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि नैतिकताका आधारमा पार्टीको नेतृत्व परित्याग गर्नुपर्ने नेता नेपालले पदमै बसेको भन्दै थापाले चर्को आलोचना गरेका हुन्। भ्रष्टाचार मुद्दा दायर भएसँगै संसदबाट निलम्बित नेता नेपालले पार्टीको अध्यक्ष पद भने छोडेका छैनन्। सोही विषयमा पार्टीभित्र विरोध भइरहेको प्रसंग उल्लेख गर्दै थापाले नेता नेपालको विरोध गरेका हुन्।

नेकपा (एमाले) विभाजन र माधव नेपालको संकटका विषयमा चर्को टिप्पणी गर्दै थापाले फेसबुकमा लेखेका छन्, ‘‘अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि पनि पदमा टाँसिरहनु नैतिकहराम कार्य हो। यो अरूलाई सिकाउने र आफूले चाहिँ मनपरि गर्ने द्रैधचरित्रको प्रदर्शन किमार्थ पनि होइन ! जीवनको उत्तरार्धमा कस्तो देखिने, सुनिने र लेखिने उहाँ लगायत सम्बन्धित व्यक्तिहरूले नै स्वघोषणा गर्नु उचित हुन्छ। पार्टी फुटाएर बनाएको सानो टुक्राको मुखिया भइरहने रहिरहने पदलोलुपताले नैतिकताको हुर्मत लिएको दृश्य परिदृश्य ज्यादै अशोभनीय र मजाकपूर्ण भएको छ।’’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ७ : ३४ बजे

हर्मुजमा इरानद्वारा जहाजमाथि आक्रमण

 एजेन्सी– हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार