बेचिएको स्थानबाट २५ दिनपछि घर फर्किन् महिला | Khabarhub Khabarhub

बेचिएको स्थानबाट २५ दिनपछि घर फर्किन् महिला


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर- महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् ।

एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा घटनाबारे जानकारी गराएका थिए ।

बैठाले उनलाई प्रेममा फसाएर बिहे गर्छु भन्दै गत भदौ १४ गते नै घरबाट भगाएर लगेको र सीतामढीस्थित एउटा घरमा बन्द गरेर भागेको जिल्ला प्रहरी कार्यालयमा पीडितले बयान दिएकी थिइन्। घरबाट भागेर गइरहेकै बेला बैठाले बसमै आफूले लगाएको गरगहनासहित रू ५० हजारसमेत लिएको र सीतामढीको एउटा घरमा बन्द गरेर भागेको उनले बताइन् ।

बैठाले छाडेर हिँडेपछि उसको बाटो कुर्दाकुर्दै नआएकाले बाहिर निस्कन खोज्दा आफूलाई दुई/तीनजना पुरुष र महिलाले समातेर राख्दै तिमी बेचिएकी छौं । अब यहीँ बस्नुपर्छ र यहीँ तिम्रो बिहे हुन्छ भनेकाले आफू बेचिएकी थाहा पाएको उनले सुनाइन् ।

ती महिला बेपत्ता भएको भदौ १४ गतेदेखि नै उनका पति र आफन्तले खोजबिन गर्दै जिल्ला प्रहरीमासमेत बेपत्ता भएको खबर गरेका र अभियुक्त बैठाले नै उनलाई बेपत्ता बनाएको भन्दै बैठाउपर शरीर बन्धक मुद्दा दायर गरेकामा प्रहरीले मुद्दा दर्ता नगरेको उनका पतिले सुनाए ।

घटनापछि अहिले ती महिलालाई कार्यालयमा बोलाइएको र बैठालाई पनि पक्राउ गर्न प्रहरी खटाइएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  २ : ५४ बजे

चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व पनि रहेको

रामपुरमा नेवाः समाजको सांस्कृतिक सङ्ग्रहालय बन्दै

रामपुर– पाल्पाको रामपुर नगरपालिकामा नेवाः समुदायको सांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु

सद्भावको पर्व बन्दै छठ

महेन्द्रनगर– छठ विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो । पछिल्लो समय

जापानमा साइकल चलाउँदा मोबाइल चलाउनेलाई ६ महिना जेल सजाय

काठमाडौं– जापानमा साइकल चलाउँदा मोबाइल फोन प्रयोग गर्नेलाई ६ महिनासम्म

लेबनानको बालबेकमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु

बेरुत– पूर्वी लेबनानको बालबेक र वरपरका सहरहरूमा भएको इजरायली हमलामा