कालिका र राप्तीका दुई हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’ वितरण  « Khabarhub

कालिका र राप्तीका दुई हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’ वितरण 


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनका कालिका र राप्ती नगरपालिकाका पहाडी भेगमा बसोबास गर्ने विपन्न समुदायलाई निःशुल्क विद्युत्को ‘मिटरबक्स’ वितरण गर्न थालिएको छ । 

नेपाल विद्युत् प्राधिकरण टाँडी वितरण केन्द्रले दुई हजार ४९७ परिवारलाई निःशुल्क रुपमा मिटरबक्स वितरण गर्न लागेको हो । केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीका अनुसार कालिका–९, १० र ११ का बासिन्दामध्येका विपन्न समुदायलाई मिटरबक्स बाँड्न थालिएको छ । 

यसैगरी राप्ती–१०, ११ र १२ का विपन्न समुदायलाई मिटरबक्स वितरण गर्न निवेदन आह्वान गरिएको छ । कालिका नगरपालिकामा १९५ परिवारलाई मिटरबक्स वितरण गरिएको उनले जानकारी दिए । अन्यलाई क्रमशः वितरण गर्दै जाने उनको भनाइ छ ।

मिटरबक्स जडान गर्दा आवश्यक पर्ने मिटर, तार र एमसिबीसमेत निःशुल्क प्रदान गरिएको छ । चौधरीका अनुसार ती दुई पालिकामा मिटरबक्स वितरणका लागि प्राधिकरणले रु एक करोड २० लाख खर्च गर्दैछ । यसरी वितरण गर्न लागिएका मिटरबक्स पाउने अधिकांश चेपाङ समुदायका रहेका छन् । 

उनीहरूले मासिक २० युनिटसम्म विद्युत् खपत गर्दा ३० तिर्नुपर्ने हुन्छ ।

 चौधरीले भने, ‘अति विपन्न परिवारलाई मिटरबक्स जडान थालेका छौँ, विद्युत् शुल्क भने उनीहरूले तिर्नुपर्ने हुन्छ ।’ 

लक्षित वर्गलाई यथाशक्य छिटो मिटरबक्स जडानका लागि पहल गरिदिन वडाअध्यक्षमार्फत सहजिकरणका लागि अनुरोध गरिएको उनले बताए।

रीतपूर्वक प्राप्त निवेदनपश्चात् मिटरबक्स जडान गरिनेछ । यसअघि इच्छाकामना गाउँपालिकाको पहाडी भूभागमा बसोबास गर्नेलाई मिटरबक्स निःशुल्क वितरण गरिएको थियो ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १२ : ३८ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु