नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा | Khabarhub Khabarhub

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौँ स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौँ स्थानमा परेको हो ।

नेपाल पर्यटन बोर्डले हालै देशको साहसिक, प्राकृतिक र सांस्कृतिक विविधता विश्व समुदायसामु प्रभावकारी ढङ्गले प्रस्तुत गर्दै आएको छ । बोर्डले प्रवर्द्धन गर्दै आएको उत्तरदायी पर्यटन, सहज पहुँच, स्थानीय गाइड प्रयोग र समुदाय-आधारित पर्यटन प्रवर्द्धनको नीतिले नेपाललाई एकल यात्रुका लागि थप सुरक्षित, भरपर्दो र रमणीय गन्तव्य बनाएको छ ।

‘मच बेटर एड्भेन्चर’को सूचीका लागि नेपाललाई अद्वितीय भू-दृश्य, समृद्ध संस्कृति, बजेटमैत्री सेवा र विविध साहसिक गतिविधिका लागि उच्च मूल्यांकन गरिएको छ । यसमा एभरेष्ट बेसक्याम्प ट्रेक, अन्नपूर्ण सर्किट र चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीजस्ता गतिविधिले नेपाललाई आत्मिक शान्ति खोज्ने र साहसिकतामा रमाउने एकल पर्यटकहरूको प्रमुख रोजाइमा रहेको उल्लेख छ।

पर्यटन बोर्डले एकल यात्रुको अनुभवलाई अझै समृद्ध बनाउने उद्देश्यले गन्तव्यमा आवश्यक सूचना, स्थानीय गाइडमार्फत सुरक्षित यात्रा र संस्कृति, प्रकृति तथा साहसिक क्रियाकलापको सन्तुलित संयोजनमा जोड दिएको छ । बोर्डले प्रवद्र्धन गर्दै आएको उत्तरदायी पर्यटन नीतिअन्तर्गत हिमाली क्षेत्र, निकुञ्ज र ऐतिहासिक सम्पदास्थलहरूमा स्थानीय समुदायको सहभागिता र संरक्षणलाई प्राथमिकतामा राखेको छ ।

नेपालको यात्रा लागत औसतमा सस्तो पर्ने भएकाले नेपाललाई बजेटमैत्री गन्तव्यका रूपमा पनि मूल्यांकन गरिएको छ । जसमा भनिएको छ, ‘नेपालमा सस्तो आवास, सहुलियतपूर्ण प्याकेज र प्रचुर सांस्कृतिक तथा प्राकृतिक अनुभव पाउन सकिन्छ ।’

मच बेटर एड्भेन्चर्सका सहसंस्थापक श्याम ब्रुसका अनुसार, यो सूची विशेषज्ञहरूको सुझाव र ग्राहकको यात्रा अनुभवका आधारमा तयार गरिएको हो । यसमा सुरक्षा, दिगोपन, पहुँचयोग्य, र लोकप्रियता जस्ता पक्षहरू समेटिएका छन् । 

उनले भने, ‘नेपालले एकल यात्रुहरूलाई अद्भूत प्रकृति, गहिरो आध्यात्मिकता र हार्दिकतापूर्वक सत्कार प्रदान गर्छ, चाहे त्यो काठमाडौँका व्यस्त गल्लीहरू हुन् वा हिमाली क्षेत्रका शान्त र रमणीयस्थलहरु नै किन नहून् ।’

त्यसैगरी मच बेटर एड्भेन्चर्सका कन्टेन्ट म्यानेजर किस्र्टी होल्म्सले भर्खरै नेपालको एकल यात्रा गरेका थिए । उनले आफ्नो अनुभव उल्लेख गर्दै भनेका छन् ।

‘अन्नपूर्ण संरक्षण क्षेत्रमा हिँड्दा र चितवनमा घुम्दा म आफू घरमा पुगेको अनुभूति भयो ।’ मच बेटर एड्भेन्चर्सको प्रमुख १० गन्तव्यमा इटाली पहिलो नम्बरमा छ भने क्रमशः जापान, नर्वे, स्पेन, अल्बानिया, पोर्चुगल, नेपाल, मोन्टेनेग्रो, जोर्डन र ग्रिस रहेका छन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस्ता अन्तरराष्ट्रिय सूचीकृत सफलतालाई बोर्डले अवसरका रूपमा प्रयोग गर्दै थप रणनीतिक प्रवर्द्धन र गन्तव्य सुधारका पहलहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  २ : ४३ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय