काजोलको स्पष्टीकरण- शाहरुख र मेरो केमेस्ट्रीसँग अजय ‘जेलस’ छैनन् « Khabarhub

काजोलको स्पष्टीकरण- शाहरुख र मेरो केमेस्ट्रीसँग अजय ‘जेलस’ छैनन्


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायिका काजोलले आफ्ना श्रीमान् अजय देवगन र शाहरुखबीचको सम्बन्धका बारेमा खुलेर कुरा गरेकी छन् ।

यी दुईको सम्बन्ध सुमधुर रहेको र एक अर्कालाई सम्मानपूर्वक व्यवहार गर्ने गरेको काजोलले बताइन् ।

काजोल र शाहरुखको रिल जोडी दर्शकले निकै मन पराउँछन् । यो रिल जोडीलाई आदर्श मान्ने पनि छन् ।

तर, अजय भने ‘शाहरुख र काजोलको रिल जोडी राम्रो देखिन्छ’ भन्ने प्रतिक्रियासँग सन्तुष्ट देखिँदैनन् । सार्वजनिक कार्यक्रममै यस्तो प्रतिक्रिया दिने केही पत्रकार र दर्शकसँग अजय आक्रोशित बनेको विगत पनि छ ।

सोहीकारण अजयले शाहरुखको इर्ष्या गर्छन् भन्ने भाष्य पनि निर्माण भएको छ । यसबारेमा भारतीय मिडिया ‘टाइम्स नाउ’सँगको अन्तर्वार्तामा काजोलले खुलेर बोलेकी हुन् ।

उनले अजय र शाहरुखबीचको सम्बन्धबारे गलत अफवाह फैलिएको दाबी गरिन् ।

उनले भनिन्, ‘उनीहरुबीच दुस्मनी छैन । उनीहरु साथी पनि नहुन सक्छन् तर एक अर्कालाई सम्मान गर्छन् ।’

तथापि काजोलको जवाफले पनि शाहरुख र अजयको सम्बन्ध सामान्य नरहेको संकेत गर्छ ।

अहिले अजयको र काजोलको सम्बन्ध पनि सुमधुर नरहेको चर्चा हुने गर्छ । नायिका तब्बुसँग अजयको निकटताले सम्बन्ध बिग्रिएको भन्ने गसिप छ ।

काजोलले श्रीमानसँग सम्बन्ध बिग्रने गरी कुनै विषयमा मनमुटाव नभएको दाबी गरिन् ।

भनिन्, ‘हामीले बुझेका छौं– सबै कुरा मिलाएर अगाडि बढ्नुपर्छ । उहाँका साथीहरु हुनसक्छन् । मेरा पनि साथी छन् । त्यहाँ कुनै असहजता छैन । हामी एक अर्काको स्वतन्त्रता र रोजाइको सम्मान गर्छौं ।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ५ : १६ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित