सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न « Khabarhub

सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न भएको छ । 

बैजनाथ गाउँपालिका–५ मा पर्ने छैटौँ गुरुवागाउँ शाखा नहर निर्माणपश्चात् सोमबार पानी छाडेर परीक्षण गरिएको छ । नहरमा पानी छाडिएपछि किसान हर्षित भएका छन् ।

रोपाइँको समयमा किसानले पम्पसेट लगाएर धमाधम पानी तानिरहेका छन् । अब यो नहरबाट प्रशाखा र उपशाखा निर्माण भएपछि किसानलाई अझ सहज हुने आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिए । 

उनका अनुसार कुल ११ किलोमिटर लामो यो नहरबाट सात हजार ८१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगी एक लाख जनसङ्ख्या लाभान्वित हुने अनुमान छ । नहरमा पानी छाडिसकेपछि ११ किलोमिटर नहर क्षेत्रको अवलोकनसमेत गरिएको थियो । स्थानीयको माग र सहजताका लागि बस्ती क्षेत्रमा नहर छेउछाउमा तारजाली लगाइएको छ भने कतिपय स्थानमा सिँढीसमेत बनाइएको छ ।

भैरव सुभानी जेभी काठमाडौँले तीन वर्षभित्र काम सम्पन्न गर्नेगरी २०८० चैत १८ गते सम्झौता गरेकामा सम्झौता अवधि अगावै काम सम्पन्न भएको छ । विक्रम संवत् २०८३ चैत १७ गते सम्पन्न गर्नुपर्ने मिति हो । ३७ करोड ८२ लाख ८४ हजार ७३५ मा ठेक्का गरिएको आयोजनाका इन्जिनियर विनेश श्रेष्ठले बताए। 

उनका अनुसार गुरुवागाउँ शाखा नहरमा हालसम्म ९८ प्रतिशत भौतिक प्रगति भएको छ । अब केही सामान्य ‘फिनिसिङ’को काम मात्र बाँकी छ । बाँकेको बैजनाथ र खजुरा गाउँपालिकामा खेतीयोग्य जमिनलाई सिँचाइ गर्ने लक्ष्यका साथ गुरुवागाउँ शाखा नहर निर्माण गरिएको हो । 

राप्ती सोनारी–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले बाँकेको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएको छ । पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ ।

पश्चिमी मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको छ। हालसम्म २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । पश्चिमी मूल नहरको ४५ दशमलव २५ किलोमिटर निर्माण काम सम्पन्न भइसकेको छ । पूर्वी मूल नहरको ५३ दशमलव ५० किलोमिटरमध्ये ३७ दशमलव ६८ किलोमिटर निर्माण सम्पन्न भएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक आचार्यले जानकारी दिए । 
 

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ३ : ५३ बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि