‘कुलिङ पिरयिड’मा चलखेल गम्भीर र अशोभनीय अपराध : योगेश भट्टराई « Khabarhub

‘कुलिङ पिरयिड’मा चलखेल गम्भीर र अशोभनीय अपराध : योगेश भट्टराई


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले निजमाती सेवा विधेयकमा भएको चलखेललाई गम्भीर अपराध भन्दै यसमा संलग्नलाई तत्कालै कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले यस्तो माग गरेका हुन् ।

उनले संसदीय समितिले सर्वसम्मत पारित गरेको प्रतिवेदनको मूल मर्मविपरीतको दफा कसरी समावेश भयो भनेर प्रश्न पनि गरेका छन् ।

भट्टराईले यस प्रकरणमा अविलम्ब संसदीय छानबिनको माग पनि गरेका छन् । ‘दोषीउपर कडा कारबाही गरिनु पर्दछ । लोकतान्त्रिक प्रणालीमा संसद्को नीतिगत मात्रै होइन, प्रक्रियागत सर्वोच्चता सर्वस्विकार्य मान्यता हो ।’

यस विषयलाई सभामुख देवराज घिमिरेले लिएको चासोलाई उनले स्वागत गरेका छन् ।‘सम्माननीय सभामुखज्यूले लिनुभएको चासो र सक्रियताको स्वागत गर्दछु । तत्काल छानबिन र कारबाहीको प्रक्रियामा उहाँको थप प्रभावकारी पहलको अपेक्षा छ।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ३ : ५९ बजे

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र