सङ्घीय निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड « Khabarhub

सङ्घीय निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् । 

योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई आज पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष दाहालले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

‘परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ । सङ्घीय निजामती विधेयकमा षड्यन्त्र भएको छ,’ उनले भने, ‘यो विधेयकमा कसले बदमासी ग¥यो, त्यसको छानबिन गरी, चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौँ ।’

अध्यक्ष दाहालले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औँल्याए।

 ‘यथास्थिति र प्रतिगमन उल्ट्याउने प्रयास भइरहेको अवस्थामा हामीले पार्टीको अभियान रोकेर प्रतिवाद गर्‍यौँ । अहिले पनि त्यो प्रवृत्ति जारी छ,’ उनले भने।

सो अवसरमा अध्यक्ष दाहालले वाइसिएल नेपाललाई पार्टीको विचार, लाइन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गरे । पार्टीको आठौँ महाधिवेशनले पारित गरेको विधान, विचार र लाइनलाई जनतासमक्ष लैजान आवश्यक रहेको उनको भनाइ थियो । 

अध्यक्ष दाहालले वर्तमान अवस्थामा वर्गसङ्घर्ष थप पेचिलो बन्दै गएको उल्लेख गर्दै विचार र नेतृत्वको रक्षा गर्दै एकताबद्ध रूपमा क्रान्तिकारी धारलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । 

‘महाधिवेशनले सर्वसम्मत निर्वाचित गरेको नेतृत्व र विचारको रक्षा तथा संस्थागत गर्नु अहिलेको आवश्यकता हो,’ उनले भने । 

वर्षायामपछि मध्यपहाडी लोकमार्गको अभियानलाई पूर्णता दिने जानकारी दिँदै अध्यक्ष दाहालले त्यसपछि सुरु गरिने सङ्गठन निर्माणको अभियानमा वाइसिएललाई सक्रिय सहभागिता जनाउन आग्रह गरे । 
 

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ४ : ३१ बजे

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को

नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर प्रमुखलाई आग्रह

ललितपुर – ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनलाई दुई कार्यकालको अनुभवका आधारमा