गृहमन्त्रीले फेरि दोहोर्‍याए : ‘भिजिट भिसामा राजनीतिक प्रतिशोध साँधियो, मविरुद्ध षड्यतन्त्र गरियो’ | Khabarhub Khabarhub

गृहमन्त्रीले फेरि दोहोर्‍याए : ‘भिजिट भिसामा राजनीतिक प्रतिशोध साँधियो, मविरुद्ध षड्यतन्त्र गरियो’


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा सेटिङ प्रकरणमा आफूमाथि लागेका आरोपहरूलाई राजनीतिक प्रतिशोधको परिणाम भएको दाबी गरेका छन्।

मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै उनले भने, ‘मातहतको कर्मचारीमाथि अख्तियारले अनुसन्धान सुरु गरेकै भरमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा अनुचित र नाजायज हो।’

गृह मन्त्रालय मातहतको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भएको कथित भिजिट भिसा सेटिङ प्रकरणमा अख्तियारले अनुसन्धान सुरु गरेपछि मन्त्री लेखकको नाम पनि जोडिँदै आएको छ।

तर, उनले त्यसलाई अस्वीकार गर्दै भने, ‘मैले स्वयम् अनुसन्धानमा सहयोग पुर्‍याएको छु। अख्तियारले मागेका कागजपत्र दिएको छु। यसलाई राजनीतिक विषय बनाएर अघि बढाउनु गलत हो।’

उनले भिजिट भिसा मात्रै होइन, नेपाल आउजाउ गर्ने प्रक्रियामा समेत प्रणालीगत सुधार आवश्यक रहेको बताएका छन्। ‘नीतिगत, कानुनी र संरचनागत सुधारका लागि कार्यदल बनाइएको छ, र त्यसले काम गरिरहेको छ,’ मन्त्री लेखकले स्पष्ट पारे।

उनले थपे, ‘संविधान र कानुनअनुसार अख्तियारलाई अनुसन्धान गर्ने अधिकार छ। अख्तियारले सुरू गरेको प्रक्रिया उसैले निष्कर्षमा लैजाओस्। तर, त्यो अनुसन्धानलाई बहाना बनाएर कसैलाई बदनाम गर्न खोजिए स्वीकार्य हुँदैन।’

कांग्रेस बैठकलाई सम्बोधनका क्रममा उनले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सुधार प्रक्रियामा सहमति जनाएर भिजिट भिसा प्रकरणको आन्दोलनबाट पछि हटेको बताए । यद्यपि, केही दलहरू (रास्वपा र राप्रपा) अझै पूर्ण रूपमा सहमत हुन नसकेका जानकारी उनले दिए ।

मन्त्री लेखकले भने, ‘कुन आन्दोलन किन थालियो र किन रोकियो भनेर व्यक्तिगत रिस वा बदला लिनु राजनीति र शासनका लागि हितकारी होइन।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ६ : ५५ बजे

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको

रविलाई जेलभित्रै राखेर रास्वपा महाधिवेशनको तयारी

काठमाडौं– अन्तरिम सरकारले अगामी फागुन २१ गते निर्वाचन हुने मिति