चार वर्षअघि बरामद गरिएको चालीस लाखभन्दा बढीको चिनी नष्ट « Khabarhub

चार वर्षअघि बरामद गरिएको चालीस लाखभन्दा बढीको चिनी नष्ट


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

पाल्हीनन्दन– यहाँको पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर भन्सार कार्यालयले ४० लाख १२ हजारभन्दा बढीको चिनी नष्ट गरेको छ । 

चार वर्षअघि बरामद गरिएको चिनी अखाद्य भएको भन्दै आज यहाँको झरही नदी किनारमा खाल्टो खनेर नष्ट गरिएको भन्सार कार्यालय प्रमुख विकास उपाध्यायले जानकारी दिए। 

उनका अनुसार आर्थिक वर्ष २०७८-७९ मा भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको ६२ हजार ७०० किलोग्राम चिनी नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न स्थानबाट बरामद गरिएको थियो । कार्यालयसँग बजेट अभाव देखाएर चार वर्ष पहिले चिनी नष्ट गर्न नसकिएको जनाइएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले चिनी खानयोग्य नरहेको भनेपछि भन्सारले लिलाम प्रक्रिया अगाडि नबढाएको पनि भन्सार कार्यालयका नायब सुब्बा राजेन्द्रप्रसाद ढुङ्गानाले बताए।

यस्तै, छिमेकी राष्ट्र भारतबाट अवैध रुपमा ल्याएको पाँच लाख ८८ हजार बराबरको ७० बोरा धानको बीउसमेत आज नष्ट गरिएको नायब सुब्बा ढुङ्गानाले जानकारी दिए । 

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ७ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै