कांग्रेसको निष्कर्ष- अहिलेलाई एमालेसँगको गठबन्धनको विकल्प छैन « Khabarhub

कांग्रेसको निष्कर्ष- अहिलेलाई एमालेसँगको गठबन्धनको विकल्प छैन


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले नेकपा एमालेसँगको गठबन्धनको अर्को विकल्प नरहेको निष्कर्ष निकालेको छ ।

दुई दिनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकको निष्कर्ष सुनाउँदै प्रवक्ता डा. प्रकाशशरण महतले एमालेसँगको गठबन्धनको विकल्प नरहेको बताएका हुन् ।

विभिन्न खालका सत्तासमीकरणको परीक्षण भइसकेको बताउँदै महतले कसैको बहुमत नभएमा धेरै विकल्प खोज्न नहुनेमा आफूहरू रहेको पनि बताएका छन् ।

‘गठबन्धनबारेमा समग्रमा अब धेरै विकल्प हामीसँग छैन, कसैको बहुमत छैन । विभिन्न खाले परीक्षण भइसक्यो सत्ता समीकरणको,’ महतले मंगलबार सानेपामा भने।

गठबन्धन भन्नेबित्तिकै सबैकुरा आफूले भनेको जस्तो नहुने पनि उनको तर्क थियो । अहिले कांग्रेसभित्र गठबन्धनबारे प्रतिकूल विचार केही नआएको उनले बताए । सरकारमा सहभागी मन्त्रीहरूको डेलिभरी अझ राम्रो हुनुपर्ने बताउँदै उनले त्यसका लागि राम्रो काम गर्नुपर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ७ : ५७ बजे

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका

सामुदायिक वनमा फलफूल र जडीबुटीसहित बहुउपयोगी बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी

बहुउपयोगी प्रजातिका बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा