कांग्रेसको निष्कर्ष- अहिलेलाई एमालेसँगको गठबन्धनको विकल्प छैन « Khabarhub

कांग्रेसको निष्कर्ष- अहिलेलाई एमालेसँगको गठबन्धनको विकल्प छैन


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले नेकपा एमालेसँगको गठबन्धनको अर्को विकल्प नरहेको निष्कर्ष निकालेको छ ।

दुई दिनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकको निष्कर्ष सुनाउँदै प्रवक्ता डा. प्रकाशशरण महतले एमालेसँगको गठबन्धनको विकल्प नरहेको बताएका हुन् ।

विभिन्न खालका सत्तासमीकरणको परीक्षण भइसकेको बताउँदै महतले कसैको बहुमत नभएमा धेरै विकल्प खोज्न नहुनेमा आफूहरू रहेको पनि बताएका छन् ।

‘गठबन्धनबारेमा समग्रमा अब धेरै विकल्प हामीसँग छैन, कसैको बहुमत छैन । विभिन्न खाले परीक्षण भइसक्यो सत्ता समीकरणको,’ महतले मंगलबार सानेपामा भने।

गठबन्धन भन्नेबित्तिकै सबैकुरा आफूले भनेको जस्तो नहुने पनि उनको तर्क थियो । अहिले कांग्रेसभित्र गठबन्धनबारे प्रतिकूल विचार केही नआएको उनले बताए । सरकारमा सहभागी मन्त्रीहरूको डेलिभरी अझ राम्रो हुनुपर्ने बताउँदै उनले त्यसका लागि राम्रो काम गर्नुपर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ७ : ५७ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो