अलपत्र योजनाहरू सम्पन्न गरिने छन् : मन्त्री दाहाल | Khabarhub Khabarhub

अलपत्र योजनाहरू सम्पन्न गरिने छन् : मन्त्री दाहाल


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक मन्त्रालयले अलपत्र परेका योजनाहरूलाई सम्बोधन गर्ने गरी यो वर्ष पनि बजेट विनियोजन गरेको बताएका छन् ।

आज राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले कतिपय पुल तथा बाटाहरू आदिभन्दा बढी बनिसकेका भए पनि अलपत्र अवस्थामा रहेको बताए।

उनले भने, ‘अलपत्र परेका योजनाहरूलाई सम्बोधन गर्न वर्ष पनि बजेट राखेका छौँ र आगामी वर्ष पनि राख्छौँ । पूर्ण रुपमा लगत संकलन गरेर काम गर्छौं ।’

मन्त्री दाहालले बजेट जनमैत्री बनाउन र उत्पादनसँग बजेटलाई जोड्ने कोसिस गरिरहेको बताए।

‘पूर्वपश्मिचमा चार वटा राजमार्गहरू बनिसकेपछि त्यहाँ रोजगारी सिर्जना, व्यापारहरू बढ्दै जानेछन्। जसले गर्दा उत्पादन र आम्दानी बढ्नेछ ।’ 

उनले बजेट सन्तुलनमा गत वर्षको टे«न्डभन्दा परिवर्तन गर्न नसकेको स्वीकारे । उनले बजेट विनियोजन कसरी व्यवस्थित बनाएर जानेमा ध्यान दिनुपर्ने बताए।

मन्त्री दाहालले तीन करोडभन्दा तलका आयोजना विनियोजनको जवाफमा नियमित प्रकृतिका आयोजनामा भुक्तानी गर्न बाँकी रकम छुट्याइएको वा अध्ययनमा राखिएको बताए। 
 

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ३ : ०० बजे

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

मस्को– कुर्स्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप-कमाण्डरका रुपमा कार्यरत

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मेड्रिड– स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज