वैतेश्वरका भूमिहीन सुकुम्वासीलाई निस्सा वितरण  « Khabarhub

वैतेश्वरका भूमिहीन सुकुम्वासीलाई निस्सा वितरण 


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्ला भूमि समस्या आयोग दोलखाले बुधबार वैतेश्वर गाउँपालिका भित्रका जग्गाविहीन सुकुम्वासी तथा दलितहरूको तथ्यांक संकलन गरेर निस्सा वितरण गरेको छ। 

सुकुम्वासीका हकहितको लागि गठन भएको जिल्ला भूमि समस्या समाधान आयोगले बैतेश्वर गाउँपालिका भित्र बसोबास गर्दै आएका १३ जना भूमिहीन सुकुम्वासीलाई गाउँपालिका अध्यक्ष छवि लामा र भूमि आयोग दोलखाका अध्यक्ष राकेश श्रेष्ठको रोहवरमा निस्सा वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत महेश पौडेल, नापी कार्यालय दोलखाका प्रमुख सृजना कटुवाल, वरिष्ठ शाखा अधिकृत रवीन्द्र चौलागाईं, वडा अध्यक्षहरू भीमबहादुर तामाङ, कमल अधिकारी, असोक तामाङ, सान्त बहादुर जिरेल, विभिन्न वडाका वडा सचिव तथा भूमिहीन सुकुम्वासीहरूको उपस्थिति रहेको वैतेश्वर गाउँपालिका नापी शाखा प्रमुख राजेश गिरीले जानकारी दिए । 

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अध्यक्ष लामाले गाउँपालिका भित्रका भूमिहीन सुकुम्वासीलाई तत्काल कानुनी प्रक्रिया पुरा गरेर जग्गा उपलब्ध गराउन आयोगलाई अनुरोध गरे ।

यता भूमि समस्या समाधान आयोग दोलखाका अध्यक्ष राकेश श्रेष्ठले तत्काल वैतेश्वर भित्रका १३ जना सुकुम्वासीलाई नेपाल सरकारले तोकिए बमोजिमका जग्गाहरूको यकिन गरी जग्गाको लालपुर्जा वितरण हुने बताए । -सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ६ : २९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै