अर्थसंक्षेप : थप चार उद्योग निजीकरण गर्दै सरकार, ३४ अंकले बढ्यो नेप्से र चर्चित मेयरका नगरसहित ३८ पालिकामा कानुन उल्लङ्घन | Khabarhub Khabarhub

अर्थसंक्षेप : थप चार उद्योग निजीकरण गर्दै सरकार, ३४ अंकले बढ्यो नेप्से र चर्चित मेयरका नगरसहित ३८ पालिकामा कानुन उल्लङ्घन


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

थप चार उद्योग निजीकरण गर्दै सरकार

सरकारले लामो समयदेखि बन्द रहेका सरकारी उद्योगलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने प्रक्रिया थालेको छ । सञ्चालनमा आउन नसकेका र व्ययभार मात्रै बनेका थप केही उद्योगलाई निजीकरण गर्नेतर्फ सरकार लागेको हो ।

अर्थ मन्त्रालयले पछिल्लो साता सूचना प्रकाशन गर्दै जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, नेपाल अर्निड म्याग्नेसाइट प्रालि र बुटवल धागो कारखानाको सम्पत्ति मूल्याङ्कन गर्न परामर्शदाता खोजेको हो ।

सरकारले सम्पत्ति मूल्याङ्कन प्रक्रिया सुरु गरेका चारवटै उद्योगहरू लामो समयदेखि उत्पादनहीन र बन्द अवस्थामा छन् । तर, सरकारले ती उद्योगहरूको रेखदेखका निम्ति निश्चित कर्मचारी खटाउँदै आएको छ । ती उद्योगको सञ्चालन खर्चमा सरकारको दायित्व पनि थपिँदो छ ।

सरकारले ०७७ साउन १९ गते मन्त्रिपरिषद्को निर्णयमार्फत् देशमा रहेका रुग्ण उद्योगको पहिचान, वर्गीकरण र पुनरुत्थान, पुनःनिर्माण तथा व्यवस्थापन निम्ति सरकारलाई सुझाव दिनेगरी पूर्वसचिव दीपक सुवेदी नेतृत्वमा एक समिति गठन गरेको थियो ।

३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?

नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिन लाग्दा ६९ प्रतिशत मात्र प्रगति

अर्थमन्त्रीको जवाफ- लोकतन्त्र र गणतन्त्रको मर्मअनुसार बजेट आएको हो

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै पौडेलले बजेट तजबिज ढंगले नभई प्रणाली अन्तर्गत निर्माण भएको बताए ।

उनले बजेट कर्मकाण्डीका रूपमा नभई तथ्यपरक रूपमा आएको र सांसदले पारित गरेपछि कार्यान्वयनमा जाने बताए । अर्थमन्त्री पौडेलले ऋणको दायरा असीमित नहोस् भनेर सरकार सचेत रहेको, उत्पादन र पुँजीगत खर्चमा सदुपयोगका लागि विशेष ध्यान दिने बताए ।

करको दायरा विस्तार, चुहावट नियन्त्रण, सूचना प्रविधिमा आबद्धता, राजस्व प्रशासनलाई प्रभावकारी लगायतका कार्य गरी राजस्वको लक्ष्य हासिल गर्ने अर्थमन्त्रीको भनाइ छ ।

बुटवल-नारायणगढको दाउन्ने खण्ड शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड

किवी खेतीमा किसानको आकर्षण

चर्चित मेयरका नगरसहित ३८ पालिकामा कानुन उल्लङ्घन, के हुन्छ कारबाही ?

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले नेतृत्व गरेको सहित देशभरका ३८ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्धारित समयभित्र ल्याउन सकेनन् ।

निर्धारित समय अर्थात् असार १० भित्र २३ नगर र १५ गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले सम्बन्धित नगर या गाउँ सभामा आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) नै पेश गर्न नसकेका हुन् । नेपालमा ७५३ वटा स्थानीय तह छन् ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ (३) मा ‘गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्षको असार दश गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नु पर्नेछ’ लेखिएको छ ।

यसैगरी; स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ (१) मा ‘उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार दश गतेभित्र सभामा पेश गर्नु पर्नेछ’ उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

अलपत्र योजनाहरू सम्पन्न गरिने छन् : मन्त्री दाहाल

भन्सार विधेयक राष्ट्रियसभाबाट पारित

भन्सार विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गरेकोमा उक्त प्रस्ताव सर्वसहमतिले पारित भएको हो ।

उक्त प्रस्ताव पेस गर्नुहुँदै अर्थमन्त्री पौडेलले नयाँ कानुन कार्यान्वयनपछि भन्सार चुहावट नियन्त्रण, प्रविधिको प्रयोग बढाउने, भन्सार जाँचपास छिटोछरितो र प्रभावकारी ढङ्गले काम गर्न सकिने विश्वास व्यक्त गरे ।

भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुनेगरि भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

बबरमहल र मीनभवनमा यसरी बन्दैछन् आकाशे पुल (तस्बिरहरू)

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ७ : २६ बजे

एसीसी यु-१६ इस्ट जोन कप : नेपाल फाइनलमा प्रवेश

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा

तुलसीपुरमा दुई पक्की पुल निर्माण

दाङ– तुलसीपुर उपमहानगरपालिका–१  भएर बग्ने भमके खोला  र शान्तिनगर गाउँपालिका–३

स्पेनमा प्रधानमन्त्रीले भने- नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश हो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दक्षिण एसियामै लगानीका लागि

खाँदबारीमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा

खाँदबारी– खाँदबारी नगरपालिका–३, मानेभञ्ज्याङमा १५ शय्याको खाँदबारी नगर अस्पताल सञ्चालनमा आएको

पत्रकार पाठक काठमाडौं अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्