उपरथी शर्माको पदावधि थपिएसँगै सेनापति बन्ने बाटो खुल्यो « Khabarhub

उपरथी शर्माको पदावधि थपिएसँगै सेनापति बन्ने बाटो खुल्यो


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधि थप भएसँगै प्रधान सेनापति बन्ने बाटो खुलेको छ ।

सेनाका युद्धकार्य महानिर्देशक समेत रहेका उपरथी शर्माको पदावधि १ वर्ष २ महिना १५ दिनका लागी थप भएसँगै सेनापति बन्ने बाटो खुल्ला भएको हो ।

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा संचारमन्त्री गोकुल बांस्कोटाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उपरथी शर्माको पदावधि थप भएको जानकारी दिए ।

हालका बलाध्यक्षरथी गौरव तण्डुल रथीबाट आगामी वैशाख १९ मा अवकास हुनेछन् । त्यस्तैअर्का रथी शरद गिरीले समेत असार ०६ गते अनिवार्य अवकास पाउनेछन् । रथीद्वय गिरी र तण्डुलको अवकास भएसँगै शर्मा सेनामा प्रधानसेनापति थापापछि वरियतामा दोस्रो नम्बरका जर्नेल बन्नेछन् ।

हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७८ भदौ २४ मा अनिवार्य अवकास पाएसंगै शर्मा उनको ठाउंमा नेपाली सेनाको प्रधानसेनापति बन्नेछन् । सेनापति थापाले समेत आफ्नो उत्तराधिकारीका रुपमा शर्मालाई नै अघि सारेको बुझिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ६ : २१ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन