माधव नेपाललाई रामकुमारीको पत्र : पार्टी बैठकमा उपस्थित भएर बोल्न पाऊँ « Khabarhub

माधव नेपाललाई रामकुमारीको पत्र : पार्टी बैठकमा उपस्थित भएर बोल्न पाऊँ


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेख्दै हालको विवादमा पार्टी बैठकमा उपस्थित भएर आफ्नो धारणा राख्ने अवसर दिन आग्रह गरेकी छन् ।

झाँक्रीले सोमबार लेखेको पत्रमा उनले असार १४ गते लुम्बिनी प्रदेशको एक कार्यक्रममा दिएका अभिव्यक्तिपछि पार्टीभित्रैका केही पदाधिकारीहरूले मिडिया र सामाजिक सञ्जालमा व्यक्तिगत लान्छना र आक्षेप लगाएको उल्लेख गरेकी छन्। उनले भनिन्, ‘मेरो स्वास्थ्य र व्यक्तिगत विषयमा समेत प्रहार गरिएको देख्दा गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनिन्।

पार्टी महासचिव घनश्याम भुसालले असार १५ गते निर्देशन दिएपछि त्यसबारे सार्वजनिक प्रतिक्रिया नदिएको उनले बताएकी छन् । यसबारेमा पार्टी बैठकमै विषय उठाउने तयारी गरेकाले बोल्न दिन माग गरेकी छन् । केही पदाधिकारीले निरन्तर मिडियामा आएर ‘स्पष्टीकरण मागिएको छ’ भन्ने झूटो प्रचार गरिरहेको उनले गुनासो गरेकी छन् ।

‘म कुनै सार्वजनिक मञ्चमार्फत् होइन, पार्टीको औपचारिक बैठकमा आफ्नो धारणा राख्न चाहन्छु । सचिवालय बैठक नै उपयुक्त स्थान हो भन्ने मेरो बुझाइ हो’, उनले भनेकी छन् ।

उनले कुनै पनि कमिटीबाट अहिलेसम्म औपचारिक रूपमा स्पष्टीकरण नआएको स्पष्ट पार्दै बैठकमै बोल्न पाउनुपर्ने माग गरेकी छन्।

उनले पार्टीलाई भ्रममा नपार्ने गरी, स्पष्ट ढंगले संवाद गर्नुपर्नेमा जोड दिँदै यस्तो विवादले पार्टीको छवि र एकतामा क्षति हुने चेतावनी पनि दिएकी छन्।

झाँक्रीको पत्रको बोधार्थमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र संगठन विभाग प्रमुख डा. वेदुराम भुसाललाई पनि पठाइएको छ।

यो घटनाले एकीकृत समाजवादीभित्रको आन्तरिक असमझदारीलाई झन् बढाएको छ । पार्टी नेतृत्वले अब कस्तो धारणा बनाउनेछ भन्नेमा कार्यकर्ताबीच चासो बढेको छ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १ : ३१ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,