मोहन बस्नेतमा रवि लामिछानेको ‘भेरियन्ट’ देखियो : अजयबाबु शिवाकोटी  « Khabarhub

मोहन बस्नेतमा रवि लामिछानेको ‘भेरियन्ट’ देखियो : अजयबाबु शिवाकोटी 


१९ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पूर्वमन्त्री मोहन बस्नेतमा सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेको ‘भेरियन्ट’ देखिएको टिप्पणी गरेका छन् । कांग्रेसको केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा उनले केन्द्रीय सदस्य बस्नेतमा हाल पुर्पक्षका लागि कारागारमा रहेका लामिछानेको ‘भेरियन्ट’ देखिएको टिप्पणी गरेका हुन् । 

‘केही समयअघि सहकारी ठगी प्रकरणमा हाल पुर्पक्षका क्रममा कैदमा रहेका रवि लामाछानेले संसद्को रोष्ट्रममा उभिएर ‘आफूलाई फसाउन खोज्ने कांग्रेस नेता गगन थापाको पनि फाइल आफूसँग रहेको’ बताएका थिए,’ केन्द्रीय सदस्य शिवाकोटीले भने, ‘बुधबारको बैठकमा लामिछानेकै भेरियन्ट बस्नेतज्यूमा देखियो ।’

उनले टेरामक्स प्रकरणमा मुछिएपछि विशेष अदालतले धरौटीमा रिहा गरेका बस्नेतलाई आफूसँग फाइल छ भनेर घुर्की नदेखाउन पनि चेतावनी दिए ।

‘लामिछानेकै फोटोकपी शैलीमा प्रस्तुत भएका बस्नेतज्यूलाई मेरो आग्रह छ तपाईं फाइल छ, फाइल छ भनेर किन घुक्र्याइ रहनुभएको छ ?,’ शिवाकोटीले प्रश्न गरे, ‘थर्काउने पनि अनि महामन्त्री थापालाई अतिरिक्त माया किन देखाइरहनुभएको छ रु थापाले भ्रष्टाचार गरेको फाइल छ भने किन अनुसन्धान गर्ने सम्बन्धित निकायमा नदिएको ?’ ।

उनले महामन्त्री गगनकुमार थापालाई कारबाही भएको देख्ने चाहना भए कानुनी प्रक्रियामा जान पनि सुझाव दिए ।

‘तपाईं आफू डामिसक्नुभएको छ । महामन्त्रीलाई पनि कारबाही भएको देख्न चाहनुहुन्छ भने कानुनी प्रक्रियामा जानुस्,’ शिवाकोटीले भने, ‘हामीलाई फोहोर नभएको पार्टी चाहिएको छ । भ्रष्टाचारको आहालमा डुबेको पार्टी चाहिएको छैन । थापाजी दोषी देखिए भोग्नुहोला । हैन भने धम्क्याउने राजनीति बन्द गर्नुस् ।’

बैठकमा भाषण राख्ने क्रममा नेता शिवाकोटीले बुधवारको बैठकलाई महाभारतमा पौराणिक पात्र धृतराष्ट्रको सभामा द्रौपदीको चीरहरणसँग तुलना गरे । 

‘महाभारतमा कुलको मर्यादालाई निर्वस्त्र गर्ने प्रयास भएको थियो भने कांग्रेस सभामा महामन्त्रीलाई मर्यादाहीन आरोप लगाएर सो पदको गरिमा धुलिसात बनाउँदै चरित्रहत्या गरिएको थियो,’ उनले भने, ‘अनि धृतराष्ट्रको सभाका सदस्य दुर्योधनसँग लाचार भएजस्तै हामी भ्रष्टाचारका एक आरोपितसँग लाचार भइरहेका थियौँ ।’

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  २ : ५७ बजे

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने