रुपन्देही-३ उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन जिल्ला समितिलाई राप्रपाको निर्देशन | Khabarhub Khabarhub

रुपन्देही-३ उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन जिल्ला समितिलाई राप्रपाको निर्देशन


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन रुपन्देही जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।  

पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि असार मसान्तभित्र उम्मेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । जिल्ला कार्यसमितिले उम्मेदवारको सूची पठाएपछि पुन पार्टीमा छलफल हुने उनले बताए ।

त्यस्तै बैठकले उपनिर्वाचनलाई प्रभावकारी व्यवस्थापन र परिणाममुखी बनाउन पार्टीका उपाध्यक्ष ध्रुव बहादुर प्रधानको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

त्यस्तै बैठकले असोजका मसान्तसम्म सबै स्थानीय तह र जिल्लाको अधिवेशन सम्पन्न गर्न ताकेता गर्ने निर्णय गरेको छ भने भ्रष्टाचारविरुद्धको गतिविधिलाई अभियानकै रूपमा सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए  । 

बैठकले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने अडानमा कायमै रहने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक भाद्रको दोस्रो साता बस्ने श्रेष्ठले उल्लेख गरे ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ३ : ४२ बजे

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– काठमाडौँको बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आयोजना कटौती गरी एक खर्ब स्रोत जुटाउन सकिन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी

कर्मचारीलाई अर्थमन्त्रीले भने : हामी सँच्चिनुको विकल्प छैन

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण

हराएका हतियार खोज्दै प्रहरी

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ‘जेन-जी पुस्ता’ले गरेको आन्दोलनका क्रममा