इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता « Khabarhub

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इन्डोनेसियाको बालीको रिसोर्ट टापुतर्फ जाँदै गरेको एउटा डुङ्गा डुब्दा बिहीबारसम्म कम्तीमा चार जनाको मृत्यु भएको बताइएको छ । स्थानीय अधिकारीहरूले दर्जनौँको विवरण नभएको उल्लेख गर्दै अहिलेसम्म २३ जनाको जीवितै उद्धार गरिएको बताएका छन् ।

इन्डोनेसियाको मुख्य टापु जाभाबाट लोकप्रिय छुट्टी गन्तव्यमा जाँदै गर्दा बुधबार मध्यरातअघि ६५ यात्रु बोकेको जहाज डुब्दा उद्धारकर्ताहरूले समुद्मा ३८ बेपत्ताहरूको खोजी कार्य भइरहेको बताएका छन् ।

डुङ्गा प्रस्थान गरेको पूर्वी जाभाको बन्युवाङ्गीका प्रहरी प्रमुख रामा सम्तमा पुत्राले भने, ‘२३ जनाको उद्धार गरिएको छ, चार जनाको मृत्यु भएको छ ।’

साउदी अरबको भ्रमणमा रहेका  राष्ट्रपति प्रबोवो सुबिआन्तोले तत्काल आपत्कालीन प्रतिक्रियाको आदेश दिएका छन्। क्याबिनेट सचिव टेडी इन्दिरा विजयाले बिहीबार एक विज्ञप्तिमा दुर्घटनाको कारण ‘खराब मौसम’ रहेको बताए।

जाभास्थित सुराबाया खोज र उद्धार एजेन्सीका प्रमुख नानांग सिगिटले एक विज्ञप्तिमा घटनाको तथ्याङ्कको पुष्टि गर्दै डुङ्गामा पुग्ने प्रयासहरू सुरुमा प्रतिकूल मौसमको अवस्थाले असहज भएको र पछि पछि हटाइएको बताए। 

एजेन्सीले यसअघि ६१ जना बेपत्ता भएको र चार जनालाई उद्धार गरिएको बताएको थियो । केएमपी टुनु प्रतामा डुङ्गा प्रस्थान गरेको करिब २५ मिनेटपछि डुबेको एजेन्सीले बताएको छ । एजेन्सीको तथ्याङ्क अनुसार डुङ्गामा ५३ जना यात्रु र १२ जना चालक दलका सदस्य थिए । 

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ५ : १७ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना