विदेशी भूमिमा रहेका नेपालीको स्वामित्व राज्यले लिनुपर्छ : श्रममन्त्री  « Khabarhub

विदेशी भूमिमा रहेका नेपालीको स्वामित्व राज्यले लिनुपर्छ : श्रममन्त्री 


१९ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशी भूमिमा रहेका नेपाली श्रमिकहरूको स्वामित्व लिनु पर्ने बताएका छन् । 

बिहीबार ललितपुरमा पौरखी नेपालद्वारा आयोजित कार्यक्रम बोल्दै मन्त्री भण्डारीले जुनसुकै माध्यमबाट विदेशी भूमिमा काम गरी रहेका नेपालीहरूको राज्यले स्वामित्व लिनु पर्ने बताएका हुन । 

उनले भने, ‘नेपाली कामदारहरू विभिन्न माध्यमबाट कामको लागि विदेशी भूमिमा पुगेका छन् । कतिपय ठगिएर पुगेका छन्, कतिपय औपचारिक माध्यमबाट गएर लुकेर लामो समय देखि कागजात विहीन भएर बसेका छन् । तिनीहरू सबैलाई कि त राज्यले नेपाली नै होइन भन्नु पर्‍यो, होइन भने स्वामित्व लिनुपर्छ ।’

मन्त्री भण्डारीले गाउँ रित्तो भयो, खाली भयो, गाउँमा बस्ने अवस्था भएन, पलायनको क्रम राखिएन यी विषयमा गम्भीरता पूर्वक समीक्षा हुनुपर्ने बताए ।

 ‘गाउँबाट मान्छे मात्रै पलायन भएका छैनन्’, उनले भने, ‘गाउँमा भएका सानोतिनो पुँजी पनि पलायन हुँदा झन् रोजगारीको अभाव सृजना भएको हो । ’

उनले नेपालको श्रम तथा रोजगारी क्षेत्रमा देखिएका समाधानका लागि सबै पक्ष इमानदार भएर लाग्नुको विकल्प नहरेको जिकिर गर्दै यसलाई व्यवस्थापन गर्न ढिलासुस्ती गर्न नहुने बताए । 

मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृति दिनु भन्दा श्रम अनुमति दिनु पर्ने बताए । उनले भने, ‘श्रम स्वीकृति त गन्तव्य देशले जारी गर्ने हो, हामीले त काम गर्न जाने श्रमिकलाई श्रम अनुमति उपलब्ध गराउनु पर्छ । काम गर्न जाने कामदार तयार छन्, कामका लागि लैजाने मुलुक तयार छन् । अनि हामीले रोकेर रोकिन्छ ? ’

उनले अहिले वैदेशिक रोजगारको नाममा एक नेपालीले अर्को नेपालीलाई ठग्ने गरेको घटनाहरू प्रति चिन्ता व्यक्त गर्दै यस्ता ठग, बिचौलिया र एजेन्टहरूलाई तह लगाउन एकद्धार प्रणाली मार्फत श्रम क्षेत्रको सबै सेवा प्रदान गर्न मन्त्रालयले कडा मिहिनेत गरी रहेको जानकारी गराए ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ५ : ३३ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम