विश्वको सवैभन्दा स्वस्थ देश स्पेन, भारतको अवस्था नेपालको भन्दा पनि दयनीय « Khabarhub

विश्वको सवैभन्दा स्वस्थ देश स्पेन, भारतको अवस्था नेपालको भन्दा पनि दयनीय


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वको सबैभन्दा स्वस्थ देशको सूची सार्वजनिक भएको छ ।

जसको पहिलो नम्बरमा स्पेन परेको छ भने दोस्रो नम्बरमा इटली परेको छ ।

विश्वभरका १६९ देशको स्वास्थ्य सम्बन्धी मूल्यांकन गर्दैं यो सूची सार्वजनिक भएको छ ।

ब्लुमबर्ग हेल्दिएस्ट कन्ट्री इन्डेक्स २०१९ ले विश्वका १६९ देशको स्वास्थ्य अवस्थाको अध्ययन गरिएको रिपोर्टमा जनाइएको छ । ति देशले स्वास्थ्य क्षेत्रमा गरेको लगानीको समेत अध्ययन गरिएको थियो ।

यो सूचीमा दक्षिण एशियाको सबैभन्दा माथि श्रीलंका रहेको छ । श्रीलंका सूचीको ६६ औं स्थानमा रहेको छ भने बंगलादेश ९१ औं स्थानमा रहेको छ ।

ब्लुमबर्ग हेल्दिएस्ट कन्ट्री इन्डेक्स २०१९ अनुसार नेपाल ११० औं स्थानमा रहेको छ भने भारतको स्थिति नेपालको भन्दा कमजोर देखिएको छ । भारत सूचीको १२० औं स्थानमा रहेको छ ।

स्वास्थ क्षेत्रमा चीनको लागनी र स्वास्थ्यको अवस्था सुधारउन्मुख रहेको छ । चीन सूचीको ५२ औं नम्बरममा रहेको छ ।

ब्लुमबर्ग हेल्दिएस्ट कन्ट्री इन्डेक्स २०१९ ले विश्वका १६९ देशयसमा सामेल भएका थिए । यसमा केही फ्याक्टर्सको रुपमा ध्यान दिएको थियो । जसमा सम्बन्धित देशका मानिसहरुको स्वास्थ्य अवस्था, संक्रमण, गैर संक्रमण रोगबाट हुने मृत्यु तथा अनुमानित जीवनकाल जस्ता कुरालाई ध्यान दिइएको थियो ।

विश्वका सबैभन्दा ३० अस्वस्थ देशमध्ये २७ अफ्रिकी देश छन् । त्यसबाहेक हैटी, अफगानिस्तान तथा यमन रहेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १२ : ०९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना