नागरिकता ऐन २०६३ को संशोधन विधेयकलाई आवश्यक सुधार गर्न सकिन्छ : विमला घिमिरे « Khabarhub

नागरिकता ऐन २०६३ को संशोधन विधेयकलाई आवश्यक सुधार गर्न सकिन्छ : विमला घिमिरे


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन २०६३ को संशोधन विधेयकलाई आवश्यक सुधार गरेर पारित गर्न सकिने बताएकी छन् ।  

महिला कानून र विकास मञ्चले शुक्रबार काठमाण्डौमा आयोजना गरेको नागरिकता ऐन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले संविधानले व्यवस्था गरेका प्रावधानहरूलाई ऐन मार्फत कार्यान्वयन गर्नका लागि विधेयकमा सुधार गरेर जान सकिने धारणा राखेकी हुन् ।

संविधानले समानता र न्यायको भावना बोकेकाले नागरिकता ऐन त्यसलाई व्यवहारमा उतार्ने माध्यम हुनुपर्ने उनले बताइन् । उनले नागरिकता सम्बन्धी ऐनले ब्यक्तिको  सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक सहभागिताको ढोका खोल्ने हुँदा बढी संवेदनशील हुन आग्रह पनि गरिन् । 

राष्ट्रिय सभाले एक दृढ, विवेकपूर्ण र मानवीय दृष्टिकोण अपनाउँदै यो विधेयकलाई न्यायोचित रूप दिने दिशामा काम गर्नुपर्ने उनले बताइन् ।  

कार्यक्रममा सहभागीहरूले ऐनमा रहेका केही बुँदाहरूमा संशोधन गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  २ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै