भारतमा बाढीको वितण्डा, १७ जनाको मृत्यु « Khabarhub

भारतमा बाढीको वितण्डा, १७ जनाको मृत्यु


९ आश्विन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको भारी वर्षासँगै आएको बाढी तथा भवन भत्किदा १७ जनाको ज्यान गएको छ ।

महाराष्ट्रका पुणे तथा जलगाउँमा भारी वर्षा र भवन भत्किदा १२ जनाको ज्यान गएको हो । यस्तै जलगाउँमा चट्याङ लाग्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ ।

भीषण वर्षाका कारण पुणेमा डुबान भएको छ । बारामतीस्थित नारदा ड्यामको ढोका खोल्दा आएको बाढीका कारण डुबान भएको भारतीय अधिकारीहरुले बताएका छन् । उक्त क्षेत्रका २८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

मौसम विभागले भारी वर्षाको चेतावनी दिएको छ । डुबान क्षेत्रका विद्यालय तथा कलेजहरु बन्द गरिएको छ । यसका साथै विद्युत आपुर्ति पनि बन्द भएको छ ।

यसैबीच, पुणेको खेंड–शिवपुर गाउँमा बाढीले पाँच जनालाई बगाएको छ । यस्तै पुरन्दर क्षेत्रमा दुई युवकलाई बाढीले बेपत्ता बनाएको छ ।
यसअघि गत जुनमा पुणेको कोंडवा क्षेत्रमा पर्खाल ढल्दा १५ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहिबार  ९ : १५ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म