प्रतिमा गौतमले भनिन्- देश दुनियाँले नियाली रहेको छ, एक-अर्कालाई हिलो छ्याप्न बन्द गरौँ  | Khabarhub Khabarhub

प्रतिमा गौतमले भनिन्- देश दुनियाँले नियाली रहेको छ, एक-अर्कालाई हिलो छ्याप्न बन्द गरौँ 


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतमले पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकलाई देश–दुनियाँले नियाली रहेकोभन्दै एक–अर्कालाई हिलो छ्याप्ने काम बन्द गर्न आग्रह गरेकी छन् । 

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा धारणा राख्ने क्रममा उनले आफूले गरेका कामको जिम्मेवारी आफैँले लिनुपर्ने भन्दै अर्कामाथि दोष थुपार्नुको कुनै तुक नभएको पनि बताइन् । 

‘यो मिटिङ हाम्रो यही कोठाभित्र रहेका मानिसहरूका बीचमात्र सीमित रहन्न । यो बैठकलाई देश–दुनियाँले नियालिरहेको छ,’ सांसदसमेत रहेकी गौतमले भनिन्, ‘एकले अर्कोलाई हिलो छ्याप्ने काम बन्द गरौँ । आफूले गरेको काम, निर्णयको जिम्मेवारी आफैँले लिने हो, काम आफू गर्ने अनि दोष अर्कालाई थुपार्नुको कुनै तुक छैन ।’

उनले नेता–कार्यकर्ता सबै जिम्मेवार हुनुपर्नेमा जोड दिँदै सामाजिक सञ्जालमा जिम्मेवार पदमा बसेकाहरूबाट पार्टीलाई खुइल्याउने काम भइरहेको पनि बताइन् । ‘नेतादेखि कार्यकर्ता सबै जिम्मेवार हुन जरुरी छ । सामाजिक सञ्जालमा जिम्मेवारीमा बसेकाहरूले पार्टी खुइल्याउने काम गरे,’ गौतमले भनिन्, ‘यसले पार्टीलाई फाइदा  पुर्‍याएको छैन ।’

सांसद गौतमले पार्टी र जनप्रतिनिधिको भूमिका कमजोर बन्दै गएको भन्दै गम्भीरतापूर्वक लिन आग्रह पनि गरिन् । पार्टीले वैज्ञानिक ढंगबाट बजेट वितरण प्रणालीको विधि बनाउनु पर्ने उनको भनाइ थियो ।

‘वडा सदस्यदेखि मन्त्रीसम्मका नेताहरूको भूमिकाप्रति साथीहरू सन्तुष्ट हुन सकेका छैनन् । बजेटका विषयमा सबै सरकारका मन्त्रीहरूले पारदर्शी ढंगले बजेट वितरण गरेनन्,’ गौतमले भनिन्, ‘लुटको धन, फूपूको श्राद्ध भनेझैँ आफ्नै क्षेत्रभित्र मात्रै लैजानु पर्ने ? यो भएन अब पार्टीले वैज्ञानिक ढंगबाट बजेट वितरण प्रणालीको विधि बनाउनु लाग्नुपर्छ ।’

पार्टीका संरचनाहरू भद्दा हुँदा निर्णयहरू निष्कर्षमा पुग्न नकसको भन्दै उनले संरचनामा सुधारमा लाग्नु पर्ने आवश्यकता पनि औँल्याइन् । पार्टीका भ्रातृ संगठनहरूले अधिवेशन गर्न नसक्दा पार्टी कमजोर बनेको गौतमले दाबी गरिन् ।

‘भ्रातृ संगठनहरूको आवधिक अधिवेशन गर्न नसक्दा आज पार्टी कमजोर बन्यो । युवा, विद्यार्थीहरूलाई पार्टीले काम दिन सकेन,’ उनले भनिन्, ‘विधि–प्रक्रिया र अधिकार नाघेर गरिएका निर्णयहरू खारेज गर्नु पर्‍यो । विधि सम्मत काम गरौँ, गर्न लगाऔँ ।’

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ३ : २१ बजे

आम्दानीको स्रोत बन्दै भैंसे सिमी

दोलखा– जिल्लाको जिरी नगरपालिका-६ बुलडाँडा गाउँका स्थानीय शेर्पा समुदायले तरकारी

बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका

सहकर्मीबाटै किशोरीको ह*त्या, युवक पक्राउ

धनगढी– कैलालीमा १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

कैलाली– यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी

अन्तरविरोधका बीच माओवादी केन्द्रको बैठक, समसामयिक विषयमा छलफल

काठमाडौं- नेकपा माओवादी केन्द्रमा पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड