रामहरिले भने- पार्टीले निर्देशन दिए राजीनामा दिन तयार छु « Khabarhub

रामहरिले भने- पार्टीले निर्देशन दिए राजीनामा दिन तयार छु


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टीले निर्देशन दिए राजीनामा दिन तयार रहेको बताएका छन् । 

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार उनले पार्टीले निर्देशन दिए संसदीय समितिको सभापति पदबाट राजीनामा दिने बताएका छन् । 

‘मेरो सन्दर्भमा के छ भने पार्टीले अहिल्यै बाहिर बस भन्यो भने म तयार छु,’ खतिवडाले बैठकमा भने ।  

संसदीय समितिबाट सर्वसम्मत पारित भएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा छेडखानी भएको भन्दै कांग्रेस केन्द्रीय सदस्य खतिवडा विवादमा तानिएका छन् । 

सत्ता साझेदार नेकपा एमालेदेखि प्रतिपक्षी दलहरू उनलाई नैतिकता देखाएर सभापतिबाट राजीनामा दिन सुझाव दिइरहेका छन् ।

बैठकमा खतिवडाले पार्टी सबैको भएको जिकिर गर्दै एकले अर्कालाई खुइल्याएर कहीँ नपुगिने पनि बताए । 

‘पार्टी सबैको हो, कसैले सभापतिलाई खुइल्याउने, कसैले उपसभापतिलाई खुइल्याउने, कसैले महामन्त्रीलाई खुइल्याउने, कसैले केन्द्रीय सदस्यलाई खुइल्याउने,’ उनले भने, ‘अनि पार्टी कहाँ पुग्छ ? त्यो कुरा कुरा बुझेर प्रस्तुत हुन र आगामी दिनमा यसलाई कसरी परिष्कृत गर्न सकिन्छ भन्ने कुरामा तपाईँहरू सचेत रहिदिनुस् ।’

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ३ : ५६ बजे

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको