पार्टीमा देखिएको मनमुटाबलाई अन्त्य गरौँ : शान्ति परियार « Khabarhub

पार्टीमा देखिएको मनमुटाबलाई अन्त्य गरौँ : शान्ति परियार


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ शान्ति परियारले पार्टीमा देखिएको मनमुटाबलाई अन्त्य गर्नुपर्नेमा जोड दिएकी छन् । 

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा धारणा राख्ने क्रममा उनले पार्टीले जनतालाई दिन सक्ने दिशा निर्देशनमा एक भएर जानु पर्नेमा जोड दिइन् । 

‘हाम्रो पार्टीले जनतालाई दिन सक्ने दिशा निर्देशनमा हामी एक भएर जानु पर्छ,’ उनले भनिन्, ‘यो मनमुटाबका कुराहरू, आरोप–प्रत्यारोपका कुराहरूलाई हामीले अन्त्य गर्नुपर्छ ।’ 

कांग्रेस हरेक दृष्टिकोणले समावेशी पार्टी भएको भन्दै उनले सबै मिलेर कांग्रेसलाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याइन् ।

‘हाम्रो पार्टीमा सबै खाले नेताहरू पाइन्छन् । यहाँ सबै खालको समावेशिता छ,’ केन्द्रीय सदस्य परियारले भनिन्, ‘त्यस कारणले हामीले मिलेर कांग्रेसलाई बलियो बनाएर जानुपर्छ भन्ने मेरो धारणा छ ।’

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ४ : २८ बजे

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका

सामुदायिक वनमा फलफूल र जडीबुटीसहित बहुउपयोगी बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी

बहुउपयोगी प्रजातिका बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा